तिलोत्तमा –सहिद यादवनाथ आलोकको स्मृतिमा आज (बिहिबार) देखि मंगलापुरमा हुने भनिएको फुुटसल प्रतियोगिता स्थगीत भएको छ । नेपाल तरुण दल तिलोत्तमा नगर समितिको आयोजनामा गर्न लागीएको प्रतियोगीता अर्को निर्णय नहुँदा सम्मकालागि स्थगीत गरीएको तरुण दल तिलोत्तमाका अध्यक्ष खिम क्षेत्रीले जानकारी दिनुभयो ।
कोरोना संक्रमणका बिरुद्ध सचेत रहन आग्रह गर्दै सभा सम्मेलन तथा कुनैपनि ठुला कार्यक्रम नगर्न नगराउन नेपाली काँग्रेसले गरेको निर्देशन बमोजिम प्रतियोगीता स्थगीत गरीएको क्षेत्रीले जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखीम हटे पछि पार्टीको निर्देशन अनुरुप नै अनुकुल समय पारेर प्रतियोगीता संचालन गरीने तरुणदल तिलोत्तमाका सचिव होम पौडेलले जानकारी दिनुभयो । यसअघि बुधबार बिहान आयोजकले पत्रकार सम्मेलन गर्दै बिहिबारदेखि प्रतियोगीता हुने र तयार पुरा भएको जानकारी गराएका थिए । सिंगो पार्टीनै कोरोना संक्रमण नेपालमा भित्रन वा फैलन नदिन जुटीरहेका बेला तरुण दलले पनि प्रतियोगीता स्थगीत गरेर पार्टीको अभियानलाइ सार्थक बनाउन जनचेतना मुलका कार्यक्रमहरु गर्ने अध्यक्ष क्षेत्रीले बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्