JanataToday.com

Advertisment

SKIP THIS

घरेलु साना तथा औद्येगिक महोत्सव: अल्लोको कपडामा दर्शकको ध्यान

घरेलु साना तथा औद्येगिक महोत्सव: अल्लोको कपडामा दर्शकको ध्यान

बुटवल
बुधबार बाट बुटवलमा सञ्चालन भएको प्रथम प्रादेशिक लघु घरेलु साना तथा औद्येगिक कृषि प्रविधि व्यापार एवं पर्यटक महोत्सवमा अल्लोको कपडामा दर्शकहहरुको ध्यान खिचेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासघ प्रदेश महिला उद्यमी समिति प्रदेश नं ५को आयोजनामा शुरु भएको प्रादेशिक स्तरको महोत्सवको मुख्य गेटबाट छिर्नासाथ देखिने स्टल नम्बर ३५ र ३६ मा रहेको कोठी हिमाल अल्लो कपडा उद्योगले मेलामा आएका सबैजसो दर्शकको ध्यान खिचेको हो ।
अल्लोबाट बन्ने बिभिन्न सामाग्रिहरुको प्रविधिसहित आएको उद्योगमा दैनिक प्रयोजनको लागि बनेका टोपी, झोला, बेल्ट, कोट स्टकोट, जुहारी कोट लगायतका सामाग्रिहरु राखिएका छन ।


प्युठानको नौबहिनी गाउँपालिका ६ बाहाने बाट आएको उद्योगकी सञ्चालकचित्रकली बुढामगर ।
५२ वर्षकी बुढामगरले १० वर्षको उमेर देखि नै अल्लोको काम शुरु गरेपनि २०५७ सालदेखी मात्रै व्यवसायीक रुपमा सञ्चालन गरेको बताईन् ।
उनले अहिलेको उद्योगमा १५ जना कर्मचारी भएपनि ४ जना मात्रै महोत्सवमा आएको बताईन् ।
उनले भनिन् –‘ महिला उद्यमीले गरेको मेलामा आउन पाउँदा धेरै खुशि छु । हामीले उत्पादन गर्ने समाग्रिसहित आएकोले स्टल पनि निशुल्क पाएका छौँ । ’
उद्योगबाट बन्ने प्रविधिको लागि आवश्यक आल्लो बुन्ने तान मेशिन, सिलाई मेशिन र चर्खा लगायतका सामाग्रहरु ल्याएको उद्योगमा काम गरिरहेका चित्रकलीका श्रीमान खिम बहादुर बुढामगर बताउँछन् ।
उद्योगमा ५० रुपैयाँदेखि ९ हजार सम्मका सामाग्रिहरु रहेको उनले जानकारी दिए ।
जाडोमा तातो र गर्मीमा सितल दिने, प्रेसर, सुगर कन्ट्रोल गर्ने तथा एलर्जी निको पार्ने औषधिय गुण भएको अल्लोको सामाग्रिहरु बनाउनेको लागि धागो निकाल्ने जिल्लामा २५ सय जना जति रहेको उनले जानकारी दिए ।
प्रदेश महिला उद्यमी समिति प्रदेश ५ का संयोजक शान्ती शर्मालेकोरोनाको त्रासले गर्दा मेलामा दर्शकको संख्या दिउँसो कम भएपनि साँझको समयमा उल्लेख्य दर्शक आएको बताईन् ।


उनले मेलामा दैनिक उपभोग्य समाग्रिहका स्टल सहित लोकप्रिय कलाकारहरुको सहभागिता रहेको बताईन् ।
मेलामा लघु घरेलु तथा सानाउ द्योगहरुबाट उत्पादित कृषि तथा महिला उद्यमसिलताका बस्तु तथा सेवाहरुलाई प्रदशनीमा राखिएको संस्थाकी प्रदेश ५ महासचिव पार्वती अधिकारीले बताईन् ।
चैत २ गते सम्म सञ्चालन हुने मेलामा करिब ३ सय स्टलहरु रहेका छन् ।
महोत्सवमा स्वदेशी वस्तुको प्रवद्धनका लागि विशेष प्राथमिकता दिईएको महोत्सवले स्थानिय उत्पादनको दिगो बजारीकरणमा सहयोग पु¥याउने अपेक्षा राखिएको छ ।
महोत्सवमा कृषि बनपैदावार, हस्तकला, उर्जा, वायोग्यास, सहित प्रर्यटन प्रवद्धनका स्टलहरुको पनि सहभागिता रहेका छन् ।
पेशागत सम्मानको वातावरण निमार्ण गरि लघु घरेलु उद्योग मार्फत युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्य पनि राखिएको छ ।महोत्सवमा राष्ट्रिय स्तरका लघु घरेलु तथा साना उद्योगहरुवाट उत्पालदित बस्तु एवं सामाग्रीहरु र प्रदेश ५ को मौलिक संस्कृतिको प्रर्दशनी, कृषि उत्पादन एवं प्रविधिको प्रदर्शनी, स्थानिय पर्यटकीय स्थलको जानकारी मुलक प्रदर्शनी, महिला उद्यामीहरुद्धारा उत्पादित हस्तकलाका सामाग्रि एवं वस्तुहरुको प्रर्दशनी, नविनतम प्रविधि एवं बैकल्पिक उर्जाको प्रदर्शनी,बैक तथा वित्तिय सघ संस्था एवं सेवा प्रदायक सघ संस्थाहरुको प्रर्दशनी,विभिन्न औघोगिक तथा व्यापारिक प्रतिष्ठानहरुवाट उत्पिादित वस्तु तथा सामाग्रिहरुको प्रर्दशनी लगायतका कुराहरु रहेको आयोजकले जनाएको छ ।
एक करोडको आर्थिक कारोवार एवं ५ लाख दर्शकहरुले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।बुटवल उपमहानगरपालिका वडा न ११ देविनगर रंगशाला नजिकैको खुल्ला मैदानमा महोत्सव सञ्चानल भईरहेको छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij