JanataToday.com

Advertisment

SKIP THIS

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

खाद्य मेलामा प्राङ्गारिक वस्तुप्रति आकर्षण

 

तिलोत्तमा,  ।

रुपन्देहीको तिलोत्तमामा आयोजना गरिएको खाद्य मेलामा परम्परागत र पोषिला खाद्यवस्तुप्रति उपभोक्ताको आकर्षण बढेको छ

“परम्परागत पोषिलो एवं स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल खानाका लागि खाने बानी सुधार गरौँ” भन्ने नाराका साथ परम्परागत र संस्कृतिअनुसार जोडिएका पोषणयुक्त खाद्य वस्तुको प्रचारप्रसार र उपभोगका बारेमा जानकारी दिने उद्देश्यका साथ क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजनामा भएको खाद्य मेला आइतबारसम्म चल्नेछ । मेलामा विभिन्न जातजातिका परम्परागत परिकार तथा विभिन्न उद्योगबाट उत्पादित खाद्य वस्तु बिक्री वितरणका लागि राखिएको छ ।

मेला अवलोकनमा आएकामध्ये अधिकांशले प्राङ्गारिक कोदो र फापरको पीठो, मकै, मकैको आँटो, स्याउको सुकुटी, च्याउको परिकार, मौरीको मह, गुन्द्रुक, सिस्नोको धुलो, अचार आदिमा रुचि देखाएका छन् । मेलामा थारु र मगर समुदायको संस्कारसँग जोडिएका खाद्य परिकार ढिक्री, घोँगी, खरिया, सेलरोटी, बटुक, च्याउ, केराको परिकारलगायत खानेकुराका साथै समुदायको संस्कृति झल्कने परिकार राखिएका छन् ।

उपभोक्तालाई पोषणयुक्त खाद्य वस्तुको प्रयोगका बारेमा जनचेतना फैलाउन मेला आयोजना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले बताए । स्थानीयस्तरमा अल्प प्रचलनमा रहेका खाद्य पदार्थको उत्पादन विविधीकरण तथा पौष्टिक महत्वका बारेमा सर्वसाधारणलाई जानकारी गराउन मेला उपयोगी उनले जानकारी दिए
खाद्य मेलामा शनिबार चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले गीतमार्फत दर्शकहरुलाई मनोरन्जन दिलाएका थिए । मेलामा कलाकारहरु पुरुषोत्तम भण्डारी, उज्ज्वल गिरी, मन्जु भट्टराई लगायतको पनि प्रस्तुती रहेको आयोजकले जनाएका छन् । खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहेको मेलामा दोस्रो दिन शनिबार दर्शक उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको खाद्य निरीक्षक ढुंगानाले बताउनुभयो ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij