भू–उपयोग सम्बन्धी प्रादेशिक गोष्ठी बुटवलमा सुरु

भू–उपयोग सम्बन्धी प्रादेशिक गोष्ठी बुटवलमा सुरु

बुटवल ।

भूमि व्यववस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश ५ को आयोजानमा प्रदेश स्तरिय भु–उपयोग व्यवस्थापन तालिम तथा गोष्ठी बुटवलमा सुरु भएको छ । तालिमको शनिवार प्रदेश ५ का भुमि व्यववस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले शुभारम्भ गरिन् । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले प्रदेश सरकार भुमि ऐनको तयारीमा रहेको भन्दै संघीय सरकराले भु उपयोग नीति निर्माण पछि प्रदेशले पनि सोही अनुसारको प्रदेशका अधिकारको विषयमा रहेर भु उपयोग नीति बनाउने बताईन् । उनले संघ, प्रदेश र स्थानिय सरकारको समन्वयमा एकीकृत कार्ययोजना बनाउनु पर्नेम जोड दिईन् ।कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदी, प्रदेश सभाका विभिन्न विषयगत समिितका सभापतीहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा। ईश्वर गौतम, ्भुमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालयका उप सचिव अनिल मरासीनी लगायत, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, मालपोत, नापी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
कार्यक्रममा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले कार्यशालाको उदेश्यको विषयमा प्रकाश पारेका थिए । दुई दिन सम्म चल्ने गोष्ठीमा भुमि
व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सह सचिव जनकराज जोशी ले‘भुमि व्यवस्था सम्बन्धी संघीय नीति तथा ऐन, कानुननहरु र भुमि सम्बन्धी ऐनहरुका आधारभुत पक्षहरु’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।यस्तै कार्यक्रममा मन्त्रालयले तयार पारेको भुमि सम्बन्धी ऐनको मस्यौदाको विषयमा छलफल गरिएको थियो । यस्तै कार्यशालामा ‘देवानी संहितामा भुमि व्यवस्थाहरु’ विषयमा प्रदेश ५ कानून मस्यौदा तथा शुझाव कार्यदलका सदस्य खुमकान्त पौडेलले कार्यपत्र प्रस्तुत गरेका थिए । सोही कार्यशालाको आईतबार सरकारी सार्वजनिक जग्गाको व्यवस्थापन, संरक्षण र भु सुचना प्रणालीको विकास र प्रदेश, स्थानियतहमा यसको निर्माण गर्ने विधि तथा भुमिा विषयमा कार्यपत्र प्रस्तुत गरिने छ ।

प्रकाशित मिति : शनिबार, फाल्गुन २४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij