मिर्गौला दान दिने सङ्ग्राैला प्रधानमन्त्रीलाई भेट्ने पहिलो ‘भिजिटर’ हुने

मिर्गौला दान दिने सङ्ग्राैला प्रधानमन्त्रीलाई भेट्ने पहिलो ‘भिजिटर’ हुने

काठमाडौ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान दिने उहाँकी भान्जी समीक्षा सङ्ग्राैलाले प्रधानमन्त्रीलाई भेट्न चाहनुभएको छ ।

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहान भेट्न जाँदा सङ्ग्राैलाले ‘मामालाई कस्तो छ’ भन्दै प्रधानमन्त्रीलाई एक पटक भेट्न चाहेको इच्छा व्यक्त गर्नुभएको रिमालले बताउनुभएको छ ।

जवाफमा राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्रीलाई भेट्ने तपाईं पहिलो ‘भिजिटर’ हुने भनेर आफूले सङ्ग्राैलालाई भनेको ट्विटरमा लेख्नुभएको छ ।

आफ्नोभन्दा प्रधानमन्त्रीको स्वास्थ्यको चिन्ता लिने उहाँप्रति आफूले सम्मान प्रकट गर्दैै सङ्ग्राैला भर्ना भएको वार्डबाट निस्किएको रिमालले ट्विटरमा उल्लेख गर्नुभएको छ ।

गएको बुधबार मिर्गौला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य लाभ गर्दै हुनुहुन्छ । यस्तै प्रधानमन्त्रीलाई आफ्नो दाहिने मिर्गौला दान गर्नुभएकी सङ्ग्राैलाको स्वास्थ्यमा पनि क्रमिक सुधार हुँदै गएको छ ।

मिर्गौला दाता सङ्ग्राैला नातामा प्रधानमन्त्रीको भान्जी हुनुहुन्छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij