बुटवल- गुल्मी चारपाला रुपन्देही सम्पर्क समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाजले स्थापनाको पहिलो वर्ष पुरा गरेको अवसरमा रक्तदानको गरेको हो । ब्लड बैंकको प्राविधिक सहयोगमा भएको रक्तदानमा ६५ जना ब्याक्तिबाट ६५ युनिट रगत संकलन भएको कार्यक्रमका संयोजक एंव समाजका सचिव बिकास टण्डनले बताए ।
सो अवसरमा बोल्दै समाजका अध्ययक्ष हुमनाथ ज्ञवालीले गुल्मी चारपाला स्थायी ठेगाना भई रुपन्देहीमा बसेर कर्म गरिरहेकालाई समाजमा एकाताबद्य बनाई अघि बडेको भन्दै एक वर्ष पुग्ने दौरानमा सघाँउने सबैलाई धन्यवाद दिए । साथै उनले समाज हरेक सामाजिक कार्यमा अघि बढ्ने बताए । कार्यक्रममा समाजका पदाधीकारी, सदस्य र सल्लाहकार गरी ६५ जनाले रक्तदान गरेका थिए ।
प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्