पाल्पाको तान्सेनमा डायलाईसिस सेन्टर संचालन हुने

पाल्पाको तान्सेनमा डायलाईसिस सेन्टर संचालन हुने

 

बुटवल- गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तान्सेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरले आफ्नो सेवा शुभारम्भ गर्ने तयारीमा रहेको छ । रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलाईसिस सेन्टरले यहि चैत ७ गते देखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।

गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलाईसिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिनुभयो ।

हाल १० वटा मेशिनबाट विरामीहरुको मृगौला डायलाईसिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताउनुभयो । पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तान्सेनमा डायलाईसिस सेवा शुभारम्भ भएपछि विरामीहरुको आर्थिक संगै समयको बचत हुने छ भने डायलाईसिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताउनुभयो ।

१० वटा मेशिन सहित तान्सेनको बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मृगौलाका विरामीहरु लाभान्वित हुने छन् । करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट हाल दैनिक ३० जना विरामीको नियमित डायलाईसिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ । हाल पाल्पा गुल्मी लगायतका जिल्लाबाट ६४ जना विरामी नियमित डायलाईसिसको लागि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्ष देखि बुटवल स्थीत गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आउनुको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : आइतबार, फाल्गुन २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij