काठमाडौं- सरकारले कोरोनाबारे उच्च सर्तकता अपनाउने विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने भएको छ ।
कोरोना जोखिम रोकथाम गर्न गठित उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले सर्वदलीय बैठक डाक्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
सम्भावित जोखिमको अवस्थामा उच्च सतर्कता अपनाउन सबै राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण रहने भन्दै बैठकको तयारी गरिएको डा. खतिवडाले बताए ।
‘बैठक कहिले बस्छ भन्ने मिति तय भएको छैन, तर छिट्टै आह्वान गर्छौं’ उनले भने । राजनीतिक समझदारीको सन्देश दिन पनि यस्तो बैठक अपरिहार्य रहेको खतिवडाको भनाइ छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्