तिलोत्तमाको शुन्य पोलिथिन घोषणा कार्यक्रम रद्ध

तिलोत्तमाको शुन्य पोलिथिन घोषणा कार्यक्रम रद्ध

बुटवल
तिलोत्तमा नगरपालिकाले शुक्रबारको लागि आयोजना गरेको शुन्य पोलिथिन तथा पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणाको सार्वजनिक कार्यक्रम रद्ध भएको छ ।
तिलोत्तमा नगरपालिकाले सूचना जारी गरि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणको जोखिमका र नेपाल सरकारको सभा सम्मेलन तथा जमघट समेत नगर्ने निर्णयलाई ध्यानमा राखिा उक्त कार्यक्रम रद्ध गरिएको जानकारी दिएको छ ।
यसअघि नगरपालिकाले विहिबार विहान पत्रकार सम्मेलन गर्दै शुक्रवार विशेष समारोहका विच नगरपालिका क्षेत्रलाई शुन्य पोलिथिन र पूर्ण सरसफाई उन्मुख नगरपालिका घोषणा गर्न लागिएको जानकारी दिएको थियो ।
नगरप्रमुख बासुदेव घिमिरेले पछिल्लो समय कोरोनाको त्रास नेपालमा समेत फैलिएकोले सार्वजनिक कार्यक्रम गर्दा संक्रमणको जोखिम बढ्न सक्नेतर्फ ध्यान दिंदै खुल्ला कार्यक्रम रद्ध गरिएको जानकारी दिए ।
नगरप्रमुख घिमिरेले लामो समयदेखि फागुन मसान्त भित्रै नगरपालिकालाई शुन्य पोलिथिन र पूर्ण सरसफाई उन्मुख नगर घोषणाको लागि समुदाय स्तरबाट समेत अभियान संचालन गरिएको अवस्थामा गरिएको कार्यक्रम रद्ध हुंदा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन् ।यद्धपी नगरपालिकाले सामान्य कार्यक्रम आयोजना गरि नगरपालिकालाई शुन्य पोलिथिन तथा पूर्ण सरसफाई उन्मुख नगर घोषणा भने गरिने जनाएको छ ।

No photo description available.

प्रकाशित मिति : बिहिबार, फाल्गुन २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij