बुटवल,।
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश पाँचले बुटवलमा प्रदेश कार्यालय स्थापना गरेको छ ।नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष तथा पूर्व सांसद पुष्कर आचार्यले प्रदेश कार्यालयको उद्घाटन गर्नुभएको हो। उहाले प्रदेश कार्यालयको उद्घाटन गर्दै मुलुकको संघीय संरचनासंगै ट्रेड युनियन आन्दोलन पनि तीनै तहमा विभाजित भएकोले श्रमिकको हकाधिकारकालागि ट्रेड युनियन आन्दोलनका अभियन्ताहरु चनाखो हुनुपर्ने बताउनु भयो ।
नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश समितिका अध्यक्ष मुकुन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण तथा सम्वद्ध श्रमिक संघ काउनका केन्द्रीय अध्यक्ष जेबि गुरुङ्, नेपाली काँग्रेस क्षेत्रीय समितिका उपसभापति परशुराम ढकाल, बुटवल नगरसमितिका सभापति खेलराज पाण्डे, नेपाल व्यूटिसियन संघकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष शान्ति शर्मा, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रदेश उपाध्यक्ष कृष्णप्रसाद वेलवासेले गर्नुभएको थियो ।
प्रकाशित मिति : शुक्रबार, फाल्गुन ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्