तिलोत्तमा –यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसकोजोखिम न्युनीकरणका लागि कर्मचारीमा आलोपालो प्रणाली लागू गरेको छ ।
कोषको कार्यसमितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन कर्मचारीहरुका लागि यस्तो निर्णय गरेको हो । कोषमा हरेक शाखाको काममा बाधा नपर्ने गरी आलोपालो संस्थामा काम गर्नेगरी निर्णय गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी मानिसको भेला हुन प्रतिबन्ध लगाएपछि यातायात मजदूर तथा व्यवसायी भलाइ कोषले आफ्नो कार्यालयमा पनि यो नियम लागू गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।
कोषमा कार्यरत कुल कर्मचारीको संस्था ८० जना छ भने प्रभान कार्यालयमा मात्र ४० जना कर्मचारी कार्यरत छन् । शुक्रबारदेखि लागू हुने गरी अव कोषका हरेक शाखामा कार्यरत कर्मचारीहरु आलोपालो हाजिर हुने र संस्थाको कार्यसम्पादन गर्ने फुल्लेलले बताए ।
प्रकाशित मिति : बिहिबार, चैत्र ६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्