हार्डवयर व्यबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

हार्डवयर व्यबसायिक प्रतिष्ठान बन्द गर्न संघको आग्रह

 

बुटवल- रुपन्देही सिद्धार्थ निर्माण सामाग्रि व्यबसायी संघले व्यबसाय बन्द गरेर सुरक्षित रहन व्यबसायीलाई आग्रह गरेको छ । छिमेकी मुलुक चीनबाट फैलिएर विश्वव्यापी रुपमा महामारीको रुप लिएको कोरोना भाईरस (कोभिड–१९)को संक्रमण हुन नदिन र त्यसबाट बँच्नकालागि संघले व्यबसायिक प्रतिस्ठान बन्द गर्न व्यबसायीलाई आग्रह गरेको हो ।

संघले सोमबार एक विज्ञप्ती प्रकाशित गरि विषम परिस्थितीमा सरकारलाई सहयोग गर्ने दायित्व सबैको भएको बताउँदै यो भाईरसबाट आफू पनि बँच्न र अरुलाई पनि बचाउनकालागि सेचत रहेन आग्रह गरेको हो ।

संघका अध्यक्ष सुनिल मरासिनीले जारी गरेको विज्ञप्तीमा मंगलबारदेखि परिस्थिती सहज नहुँदा सम्मकालागि व्यबसायिक प्रतिस्ठान (हार्डवयर पसल) बन्द गरि सहयोग गर्नकालागि आग्रह गरिएको हो । त्यस्तैगरी निर्माण सम्बन्धि काम गर्ने निर्माण व्यबसायीहरुलाई समेत उक्त कार्यमा सहयोग गर्न आग्रह गरिएको छ

प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij