सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै,७२ घण्टा भित्र क्वारेन्टाइन बनाईने

सियारीमा कोरोना पूर्वतयारीलाई प्रभावकारी बनाइँदै,७२ घण्टा भित्र क्वारेन्टाइन बनाईने

सियारी।
रुपन्देहीको सियारी गाउँपालिकाले नोबेल कोरोना भाइरस कोभिड –१९ को पूर्वतयारीलाई तीव्रता दिएको छ । सोमबार गाउँपालिकाको कार्यपालिका तथा सरोकारवालाहरुको बैठक बस्दै पूर्वतयारी र त्यसपछिका अवस्थाको व्यवस्थापनका लागि साझा रणनीति तय गर्ने समेत निर्णय गरेको छ ।
गाउँपालिका अध्यक्ष अयोध्या थारुको अध्यक्षतमा बसेको बैठकले सियारी गाउँपालिकामा ७२ घण्टा भित्र क्वारिन्टाइन निर्माण गर्ने, हेल्प डेस्क निर्माण गर्ने, गाउँपालिकाका दुई स्थानमा ३÷३ बेडको आइसोलेशन निर्माण गर्ने निर्णय गरिएको गाउँपालिका प्रवक्ता तथा उपाध्यक्ष अमृता गुरुङले बताउनु भयो ।
सियारी गाउँपालिका वडा नं १ मा रहेको चिल्हिया मा।वि।, २मा रहेको मैनिया मा.वि, ३मा रहेको जंगहत्था मा।वि।, ४ मा रहेको पब्लिक मा.वि५ मा रहेको विरेन्द्र मावि६ मा रहेको सिद्धार्थ मा।वि र वडा नं। ७ मा रहेको जनता मा।वि।मा क्वारिन्टाइन निर्माण गरिने उहाँले बताउनु भयो ।
त्यस्तै वडा नं। १, ३,४र ७ मा हेल्प डेस्क निर्माण गरिने र वडा नं। ३ र ७मा रहेको स्वास्थ्य चौकीहरुमा ३÷३ वेडको आइसोलेशन वेड निर्माण गरिन उहाँले जानकारी दिनु भयो ।
विपतलाई ब्यवास्थपन गर्ने उद्देश्यले हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकले पनि विशेष जोडका साथ सजगता अपनाएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले जानकारी दिनु भयो ।कोरोना भाइरस रोकथाम गर्न आवश्यक सामाग्री उपलब्ध गराउन गाउपालिका तयार रहेको उहाँको भनाई छ ।
चैत्र २१ गते सम्म गाउँपालिका भित्रका दैनिक उपभोग्य बस्तु र औषधी बाहेक अन्य पसल, रेष्टुरा बन्द गर्ने सार्वजनिक साधनहरु, भारतीय नम्बरप्लेटका सवारी साधन, टेम्पो चलाउनमा रोक लगाईएको उहाँले बताउनु भयो ।
गाउँपालिकाका सरोकारवालाहरु संग विभिन्न समयमा छलफल गरि सचेतना, जोखिम तयारी, जोखिम न्युनिकरण, उपचार तथा उद्दार लगायतका विषयमा विभिन्न खालका निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टाराईले बताउनु भयो ।
जोखिमलाई मध्यनजर गर्दै उद्दारका लागि स्वास्थ्य कर्मीहरु तयार रहेको र अवाश्यक उपकरण मगाईने स्वास्थय शाखाका प्रमुख वुद्धि बहादुर घर्तीले बताउनु भयो । कोरोना रोकथामका लागि गाउँपालिकाका अध्यक्ष अयोध्या थारुको संयोजकत्वमाल मुल समिति, गाउँपालका उपाध्यक्ष अमृता गुरुङ संयोजक रहने गरि उपसमिति तथा वडा अध्यक्ष संयोजक रहने गरि वडा स्तरीय समिति गठन गरिएको उहाँले बताउनु भयो ।
गाउँपाकिकाका अध्यक्ष उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगाएताको सहभागीतामा छलफल भएको थियो ।
यस्तै सोमबार बसेको कार्यपालिका बैठकले गाउँपालिका भित्र बन्ने घरको नक्सा २०७६ बैशाख १ गते देखि लागुहुने गरि गाउँपालकाले निःशुल्क बनाईदिने निर्णय गरेको छ ।
यस्तै नदिजन्यपदार्थहरुको अवैधरुपमा भैरहेको डम्पिङ्ग तथा ओसारपसार नियन्त्रणका लागि सुरक्षा निकाय सहितको टोलि मार्फत नियमित अनुगमन तथा नियन्त्रण गर्ने र सोका लागि कार्यविधि तयार गरि कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : सोमबार, चैत्र १० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij