कृष्णनगरमा बन्यो ५० बेड सहितको क्वारेन्टाइन, जिल्लामै सबैभन्दा ठूलो

कृष्णनगरमा बन्यो ५० बेड सहितको क्वारेन्टाइन, जिल्लामै सबैभन्दा ठूलो

कृष्णनगर ।
जिल्लाका १० स्थानीय तह मध्ये भारतीय सिमावर्ती कृष्णनगर नगरपालिकाले सबैभन्दा ठूलो बेडको क्वारेनटाइन बनाएको छ । बजार क्षेत्रभित्र रहेको महेन्द्र माविमा ५० बेडको क्वारेन्टाइन निर्माण गरिएको हो ।
सिमा नाकाको नजिक रहेकाले कृष्णनगर अतिसंवेदनशिल अवस्थामा छ । सोही अनुसार विद्यालयलाई क्वारेनटाइन बनाउँदा आवश्यक परे अन्य कोठा थप्ने तयारी भैरहेको नगर प्रमुख रजत प्रताप शाहले बताउनुभयो ।
नगरपालिकाले बनाएको क्वारेनटाइनमा मंगलबार नै २७ जनालाई क्वारेनटाइनमा राखिएको छ । केन्द्र सरकारले भारतीय सिमामा अलपत्र परेकालाई अन्तिम पटकका लागि नेपाल भित्त्रन दिइसंगै यी अपलत्र २७ नागरिकलाई क्वारेनटाइनमा राखिएको हो ।
कृष्णनगर नगरपालिकाले हालसम्म कृष्णनगर, झिंगहा, भिल्मि, बहादुरगंज लगायतका स्थानमा कोरोना चेकजाँचका लागि कुल सात वटा इन्फ्रारेड थर्मामिटरको व्यवस्था गरिसकेको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
साथै नगरपालिकाको प्रत्येक वडामा ४÷४ बेडको क्वारेनटाइन बनाउने तयारी गरेको उहाँले बताउनुभयो । नगरबासीलाई भीडभाडमा जम्मा नहुन र सरकारले गरेका हरेक निर्णयलाई अक्षरक्ष कार्यान्वयन गराउन उहाले आम नगरबासीलाई आग्रह गर्नुभएको छ ।
यता महेन्द्र माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शैलेष प्रताप शाहले सिमावर्ती कृष्णनगरमा क्वारेनटाइन बनाउँने स्थान नहुँदा विद्यालयको भवन प्रयोग गरिएको बताउनुभयो । कोरोना भाइरसको शंका लागे यही क्वारेनटाइनमा राखिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : मंगलबार, चैत्र ११ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij