हरेक नागरिकले आफ्नो दैनिकी परिवर्तन गर्दै सावधानी र सजगता अपनाउनुस् : प्रमुख कार्की

हरेक नागरिकले आफ्नो दैनिकी परिवर्तन गर्दै सावधानी र सजगता अपनाउनुस् : प्रमुख कार्की

 

सैनामैना ।

विश्वभर महामारीको रुपमा फेलिरहेको कोरोना भाइरस कोभिड–१९रोकथामका लालि सैनामैना नगरपालिकाले विभिन्न सजगताका उपयहरु गरिरहेको छ ।

यस रोग फैलिनबाट जोगिन नगरबासिहरुलाई सचेतना सहित उपचारका लागि विभिन्न समयमा विभिन्न कार्यहरु अहिले नगरपालिकाले गरि रहेको छ ।

यसै सन्दर्भमा कोरोना भाइरसबाट बच्न र अरुलाई बचाउन तथा सजकता अपनाउन सम्बन्धी सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीले नगरबासीका नाममा दिनु भएको सन्देश

सैनामैना नगर प्रमुख चित्रबहादुर कार्कीको सन्देश

आदरणीय सैनामैनाबासी आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु ! अहिले नेपालसहित विश्वभरि नै कोरोनाको प्रभाव फैलिएको छ । यसबाट बच्नका लागि हरेक नागरिकले आफ्नो दैनिकी परिवर्तन गर्दै सावधानी र सजगता अपनाउन जरुरी छ । सैनामैनाका ११ वटै वडाहरुमा प्राथमिक स्वास्थ सेवा संगै विभिन्न ठाउँमा ज्वरो क्लिनिक सञ्चालनमा ल्याइएको छ । यसका अतिरिक्त अब सैनामैना १ मा रहेको प्राकृतिक चिकित्सालयमा कोरोना बिशेष आइसोलेसन सञ्चालन गरिनेछ । उक्त संरचनालाई प्रदेशका स्वास्थ विज्ञ तथा प्राविधिक र प्रमुख जिल्ला अधिकारीले समेत निरीक्षण गरेर उपयुक्त रहेको ठहर गर्नुभएको छ । त्यहाँ हामीले तत्कालै काम अगाडि बढाएका छौं । त्यहाँ लुम्बिनी प्रादेशिक अस्पताल र बुटवलको कोरोना विशेष अस्पतालसंग समेत सहकार्य गरिनेछ । नगरका ज्वरो क्लिनकबाट रिफर भएकालाई त्यहाँ थप परीक्षण र उपचारको प्रबन्ध मिलाउने छ । जटिलता र अवस्था हेरेर माथिल्ला तहसम्मै समन्वय गरिनेछ । सामान्य ज्वरो आउँदैमा र रुघाखोकी लाउँदैमा नआत्तिऔं तर सावधान र सजग बनौं । स्वास्थ्य सम्बन्धित निर्देशन सबैले पालना गरौं, कसैले पनि अटेरी नगरौं र अफबाह नफैलाऔं । आफु सावधान रहेर अरुलाई पनि सावधान रहने सकारात्मक र सन्देशमूलक सूचना मात्रै प्रवाह गरौं । नगरबासी महानुभाबहरु,मुलुक लकडाउन भएको तपाईं हाम्रै सुरक्षा र थप सावधानीका लागि हो । यो बेलामा घरमै बस्नुहोस्, भीडभाडमा नजानुहोस् । सामाजिक गतिविधि समेत रोकिएको संवेदनशीलता बुझ्नुहोस् । कोरोना भाइरसको रोकथामका लागि यो एउटा अपरिहार्य र महत्त्वपूर्ण उपाय हो । अहिलेसम्म नेपालमा जम्मा तीन जनामा पोजेटिभ देखिएको र तीमध्ये एकजना निको भइसकेका छन् । बाँकी दुईजनाको उपचार चलिरहरको छ । बुटवलमा पनि आशंका गरिएका सातजना आइसोलेसनमा राखिएको छ । नागरिकको स्वास्थ्य अवस्थाबारे ख्याल गरेरै सरकारले केही दिन घरमै बस्न आग्रह गरिएको हो। अवस्था सुधार नभए यस्तो कदम लम्बिन पनि सक्छ । अत्यावश्यक काम परेको खण्डमा पनि सुरक्षा निकायमा जानकारी नगराइकन बाहिर ननिस्कौं । केही समस्या आइपरेमा कुनैपनि माध्यमबाट जानकारी गराउनुहोला ।
देशको समृद्धिमा सबैभन्दा पहिले स्वास्थ्य आउँछ भन्ने कुरालाई सबैले हेक्का राखौं । आफू स्वस्थ्य रहौं, घरपरिवार हुँदै सिङ्गो समाजलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने कुरामा ध्यान दिऔ र सन्देश प्रवाह गरौं । अहिलेको यो परिस्थितीलाई सकेसम्म सहज बनाउनेतर्फ हामीहरु सबै केन्द्रित भएका छौं ।
धन्यवाद ।
चित्रबहादुर कार्की
प्रमुख सैनामैना नगरपालिका

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij