अध्यक्ष पुनद्धारा कोरोना भाइरस संक्रमणवाट बच्न सचेतना अभियान

अध्यक्ष पुनद्धारा कोरोना भाइरस संक्रमणवाट बच्न सचेतना अभियान

बुटवल, ।
कोरोना भाइरस कोभिड–१९ को संक्रमण र उच्च जोखिमवाट बच्न सर्वसाधारण नागरिकलाई सुरक्षित राख्न बुटवल उपमहानगरपालिका वडा नम्वर १३ का अध्यक्ष नारायण पुन सचेतना अभियान र मास्क वितरण अभियान कार्यक्रम गर्नुभएको छ।
अध्यक्ष पुनले वडामा गठित टोल विकास संस्थालाई परिचालन गरी प्रत्येक टोलका आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका लागि एक हजार थान मास्क वितरण गर्नुभएको हो ।
वडा अध्यक्ष पुनले वडामा कोरोना भाइरस सम्वन्धि सचेतना कार्यक्रम संगै प्रत्येक टोलका अध्यक्षहरु मार्फत टोलका विपन्न नागरिकहरुलाई मास्क वितरणको ब्यवस्था मिलाउनु भएको छ
यो अभियानमा पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका कोषाध्यक्ष तथा जितगढी स्थित गैरे डिजल्सका संचालक बिशाल गैरेको समेत साथ र सहयोग रहेको अध्यक्ष पुनले बताउनु भयो ।
टोल विकास संस्थाका अध्यक्षसहित संस्थाका पदाधिकारी र सदस्यहरुले विपन्न नागरिकलाई मास्क वितरण संगै मास्क लगाउने तरिका, यसको सुरक्षा र ब्यक्तिगत सरसफाईका विषयमा समेत जनकारी गराएका छन् ।
वडाबासीहरुलाई, लक डाउनका बेला घर बाहिर ननिस्कन र बाहिर गै हाले घर भित्र पस्नु अघि साबुन पानीले हात धुने लगायतका सल्लाह सुझाव सहित स्वास्थ्य सम्वन्धि विभिद जानकारी गराईएको अध्यक्ष पुनले वताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij