भारतबाट बिहिबार १ सय २९ मालबाहक गाडि नेपाल भित्रिए

भारतबाट बिहिबार १ सय २९ मालबाहक गाडि नेपाल भित्रिए

 

भैरहवा -नेपालको दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयबाट खाद्यान्न लगायतका अत्यावश्यकीय सामाना सहज ढंगले आयात निर्यात गर्न दुवै देशका अधिकारी सहमत भएका छन् । दुवै देशमा लकडाउन भएका कारण चालकहरु खान बस्न समस्या हुने ठानेर नाकाबाट वारपार गर्न नमान्दा निकै कम संख्यामा बेलहियाबाट गाडी नेपाल प्रवेश गरेका थिए । दुवै देशका भन्सार अधिकारी, भन्सार एजेण्ट र ट्रान्स नेपालबीच आयात निर्यात सहज गराउने विषयमा सहमति भएपछि सहज आपूर्ति भइरहेको भैरहवा भन्सार कार्यालयका प्रमुख कमल कुमार भट्टराईले जानकारी दिनु भयो । छलफलमा दुवै देशका भन्सार अधिकारीका साथै सुरक्षा अधिकारी र भन्सार एजेण्ट सहभागी थिए ।

बुधबार भैरहवा भन्सार कार्यालयबाट ८५ मालवाहक ट्रक भारतबाट नेपाल भित्रिएका थिए । तर सहज आपूर्ति गर्ने सहमतिसँगै बिहीबार भने १सय२९ वटा मालवाहक गाडी नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयले जनाएको छ । खाद्यान्न, तरकारी तथा फलफूल, औषधि र कच्चा पदार्थ बोकेका गाडी नेपाल आएका हुन् । यसमध्ये १५ वटा एलपी ग्यास बुलेट रहेका छन् । पेट्रोल र डिजेल बोक्ने ट्याँकर भने बिहीबार मात्रै भारततर्फ लागेकाले बैतालपुरबाट इन्धन भरेर शुक्रबार मात्रै आउने भन्सार प्रमुख भट्टराईले जानकारी दिनु भयो ।यस अघि बुधबार एलपी ग्यास बुलेट १५ , पेट्रोलियम पदार्थ बोकेका ट्याङ्कर ४, खाद्यान्न तथा कच्चा पदार्थ बोकेका ट्रक २१ र तरकारी, फलफूल बोकेका ट्रक ४५ वटा नेपाल आएका थिए । लकडाउन भन्दा अघि दैनिक चारसयदेखि छ सय गाडी नेपाल भित्रिने गरेकोमा लकडाउन भएपछि नेपाल आउन डराएका भारतीय चालकको सुरक्षा नेपाली पक्षले गर्ने प्रत्याभूत गरेपछि भारतीय ट्रक नेपाल आउन थालेका छन् । “भारतमा पनि लकडाउन भएपछि नियमित नेपाल आउने मालबाहक ट्रकहरु सबै नआए पनि खाद्यान्न, ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्रकहरु सहज रुपमा नेपाल ल्याउने प्रयास भएको”–भैरहवा भन्सार कार्यालयका प्रमुख भट्टराईले भन्नु भयो ।

नेपाल आएका भारतीय ट्रकलाई पनि भारतमा सहज रुपमा पठाउन दुवै देशका अधिकारीबीच सहमति भएको सशस्त्र प्रहरी बल राजस्व भन्सार ३८नम्बर गुल्म भैरहवाका सशस्त्र प्रहरी नायब उपरीक्षक मान बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : बिहिबार, चैत्र १३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij