बस दुर्घटनामा एकजनाको मृत्यु

बस दुर्घटनामा एकजनाको मृत्यु

सल्यान

सल्यानको मार्केबजार नजिकै बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा तीनजना घाइते भएको छन्। मृत्यु हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ का १८ वर्षीय बसका सहचालक सुजन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। उनको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। शारदा  नगरपालिका–८ काटीगाउँबाट दुलधरापोखरा जाँदै गरेको ना ३ ख ७९७५नम्बरको बिहीबार राति बस मार्केबजार नजिकै दुर्घटना भएको थियो। दुर्घटनामा शारदा–८ का २६ वर्षीय सुरेन्द्र सेजवाल, २८ वर्षीय थमन चलाउने र  वडा नम्बर ५ का २७ वर्षीय खेमराज बुढाथोकी घाइते भएका छन्। उनीहरुको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ। बसको टायर पन्चर भएपछि ममर्तका लागि दुलधारा पोखरा आउँदै गर्दा दुर्घटना भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij