तिलोत्तमा नगरपालिकाद्धारा १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना


शुक्रबार, चैत्र १४, २०७६

तिलोत्तमा नगरपालिकाद्धारा १ करोडको प्रकोप व्यवस्थापन कोष स्थापना

बुटवल ।
तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी एवं ज्यालादारी गरेर जिविकोपार्जन गर्ने वर्गलाई लक्षित गरी राहतको घोषणा गरे सगै १ करोड रुपैयाँको प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको नगरपालिकाले जनाएको छ ।प्रकोप व्यवस्थापन कोषमा रहेको ८० लाख रुपैयाँ र स्वास्थ्य तथा सामुदायिक विशेष कोषमा रहेको २० लाख थपेर एक करोडको कोष बनाइएको हो । उक्त कोषमा नगरप्रमुख वासुदेव घिमिरेले ५० हजार रुपैंयाँ दिनुभएको छ । यस्तै उपप्रमुख जागेश्वरदेवी चौधरीले १० हजार र नगरपालिकामा कार्यरत करिब दुई सय जना कर्मचारी र पाँच सय जना शिक्षकहरुले तीन दिन बराबरको तलब कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
कर्मचारी, शिक्षकको तलब जम्मा हुँदा र उद्योगी–व्यवसायीको सहयोगपछि प्रकोप व्यवस्थापन कोष एक करोडभन्दा माथि पुग्ने नगरप्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव शर्माले बताउनुभयो ।
कोरोना संक्रमणको जोखिम पूर्वतयारीमा जुटेको तिलोत्तमाले वडा नं१ स्थित शंकरनगर दुर्गादत्त माविमा क्वारेन्टाइन सञ्चालन गरेको छ । जहाँ अहिले १९ जना बसेका छन् । त्यहाँ ५० जनासम्म बस्न मिल्ने गरी तयारी भैरहेको स्वास्थ्य शाखाले जनाएको छ । यस्तैराहत अन्तर्गत तिलोत्तमा नगरपालिकाले पहिलो चरणमा साँझबिहान छाक टार्न समस्यामा परेका प्रतिपरिवारलाई १० केजि चामल २ केजि दाल र १ केजि नुन उपलब्ध गराउने निर्णय तिलोत्तमाले गरेको हो ।
वास्तविक अभावमा परेका ब्यक्ती ले यो सुबिधा लिउन सक्ने साथै टोल विकास संस्थाको सिफारिसमा नगरपालिकाले राहत उपलब्ध गराउने गरि काम भैरहेको नगरपालिकाकका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४, २०७६ , ११:२१ बजे

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

जनता टुडे मिडिया प्रा. लि
सम्पादक
वालकृष्ण भुसाल
समाचार सम्पादक
सिता गौतम बराल
वरिष्ठ संवाददाता
फूलु सुनार
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७


© 2020 janatatoday.com All Right Reserved | Site by : SobizTrend Technology