बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोरोना संक्रमण

काठमाडौं

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई पनि कोभिड-१९ (कोरोना भाइरस) संक्रमण भएको छ।  त्यहाँका राजकुमार चार्ल्सलाई केही दिनअघि कोरोना भाइरस पोजेटिभ भएलगत्तै प्रधानमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित भएका हुन्।  बेलायको सञ्चार संस्था बिबिसीका अनुसार कोरोना पोजेटिभ भएपछि प्रधानमन्त्री जोनसन सेल्फ आइसोलेसनमा गएका छन्। बेलायतमा कोरोना तीव्र गतिमा फैलिएपछि उनी बिरामीको उपचारको बन्दोबस्तीका लागि निरन्तर सक्रिय थिए। बेलायतका राजकुमार चार्ल्सलाई कोरोना भाइरस संक्रमण ‘विगत २४ घण्टादेखि मेरो स्वास्थ्यमा समस्या आएको थियो। अन्तत: परीक्षणबाट कोरोना पोजेटिभ देखियो’, जोनसनले ट्विट गर्दै भनेका छन्, ‘म अहिले सेल्फ आइसोलेसनमा छु। तर म भिडियो कन्फरेन्समार्फत सरकारको काम अगाडि बढाइरहन्छु। हाम्रो सामूहिक प्रयत्नबाट भाइरसविरुद्धको लडाइँ जित्ने छौं।’ यसअघि बेलायकै राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको थियो। ७१ वर्षीय उनलाई कोरोना संक्रमण  भएपछि उनलाई आइसोलेसनमा राखिएको छ।

प्रकाशित मिति : शुक्रबार, चैत्र १४ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij