नेपाल एयरलाइन्सको विमान नेपालगन्जमा दुर्घटना

नेपाल एयरलाइन्सको विमान नेपालगन्जमा दुर्घटना

बाँके

काठमाडौंबाट गएको नेपाल एयर लायन्सको वाई १२ ट्‍विनअट्टर जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटनामा परेको छ। क्‍वारेन्टाइन र अस्पतालमा रहेका कोरोना भाइरसका आंशकितको स्याम्पल लिन काठमाडौ‌ंबाट आएको उक्त विमान नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए।  धावनमार्गबाट विमान चिप्लिए पनि चालकदलका तीनजना सदस्य र यात्रुका रुपमा पुगेका दुईजना चिकित्सक सुरक्षित रहेको नेपालगञ्‍ज विमानस्थल कार्यालयले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन केही बेर लाग्‍ने उनले जानकारी दिए। ‘नेपाल एयरलायन्सको विमान दुर्घटना भएको छ, थप विवरण पछि उपलब्ध गराउँला,’ अहिले उद्धारमा खटिएको बताउँदै ठाकुरले भने, ‘जहाजमा सवार सबैजना सकुशल छन्।’

प्रकाशित मिति : शनिबार, चैत्र १५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij