काठमाण्डौ – सरकारले सात वटै प्रदेशमा कोरोना भाइरसको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने भएको छ ।
प्रदेश २ को जनकपुर, वाग्मती प्रदेशको हेटौँडा, गण्डकीको पोखरा, प्रदेश ५ को बटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रयोगशाला स्थापना हुने भएको हो ।
‘यी सबै ठाउँमा प्रयोगशाला स्थापनाको लागि आवश्यक उपकरण एवं सामग्री आइसकेको र ती ठाउँमा कर्मचारी पठाएर प्रयोगशाला निर्माणको काम थालिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताउनुभयो ।
प्रयोगशाला स्थापनाको लागि आइतबार बिहान चीनबाट सामग्री आएको उहाँले जानकारी दिनुभयो ।
प्रदेश १ को विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट आइतबार अर्थात आजदेखि जाँच सुरु भएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १६ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्