काठमाडौं । कोरोना रोकथामका लागि सरकारले चीनबाट ल्याइएको स्वास्थ्य उपकरण लिएर प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा गएको नेपाली सेनाको स्काई ट्रक सामान नछाडी त्यत्तिकै फर्किएको छ ।
मास्क, स्यानिटाइजर, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगायतका सामग्री लिएर स्काई ट्रक सोमबार बिहान उडे पनि बीच बाटोबाटै फर्किएको हो ।
नेपाली सेनाको उच्च अधिकारीका अनुसार स्काई ट्रकमा भएको स्यानिटाइजरबाट एक प्रकारको चर्को गन्ध आएपछि सैनिक पाइलटले विमान फर्काएका हुन् ।
‘प्राविधिक समस्या’का कारण विमान फर्किएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले समाचार संस्थाहरुलाई जानकारी दिएका छन् ।
कर्णाली प्रदेशको सुर्खेत स्वास्थ्य सामग्री लिएर गएको स्काइ ट्रकमा भने कुनै समस्या नभएको बताइएको छ
प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्