कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दी रिहा

कपिलवस्तु
कोरोना भाइरस फैलन सक्ने जोखिम कम गर्न जिल्ला अदालतको आदेश अनुसार कपिलवस्तु कारागारबाट नौ जना कैदीबन्दीलाई रिहा गरिएको छ। कोरोना भाइरस फैलिएपछि सर्वोच्च अदालतको निर्णय अनुसार जिल्ला अदालतले उनीहरुलाई छाडेको हो।
कारागारका जेलर राकेश पाण्डेयका अनुसार सर्वोच्च अदालतको गत चैत ७ गतेको निर्णय अनुसार जिल्ला अदालतको आदेशपछि उनीहरुलाई रिहा गरिएको छ। मुलुकी फौजदारी संहीता कार्यबिधि २०७४ को दफा १५५ अनुसार एक वर्षसम्म कैद बाँकी रह्का कैदी बन्दीको रकम लिई उपयुक्त देखिए जिल्ला न्यायाधीशको ईजलासबाट छाड्ने व्यवस्था मिलाउन सर्वोच्चले प्रेस विज्ञप्ती जारी गरेको थियो।

त्यस्तै, कैदीबन्दीको निबेदन र जिल्ला न्यायाधीशको आदेश अनुसार उनीहरुलाई गत चैत ९ देखि ११ गतेको बीचमा रिहा गरिएको जेलर पाण्डेयले बताए। छाडिएको नौ जनामध्ये बहुविवाहका २, आगलागी ४, कुटपीट र लुटपीटका २ र सवारी ज्यानका एक जना रिहा भएका हुन्। दुई ब्लकमा २ सय ३० जनको क्षमता रहेको कारागरमा अहिले ३ सय ८५ जना कैदीबन्दी छन्।
एकै ठाउँमा धेरै मानिस हुँदा कोरोना फैलन सक्ने भएकाले कारागारमा सचेतना कार्यक्रम समेत चलाइएको जेलर पाण्डेयले बताए। कोरोना फैलन सक्ने भन्दै कारागार व्यवस्था विभागको परिपत्र अनुसार कैदीबन्दीका आफन्तहरुलाई भेट्न दिने कार्यक्रम समेत हाललाई रोक लगाईएको उनले बताए। ‘कैदीबन्दीलाई खानपिन सरसफाई लगायतका विषयमा सचेत गराएका छौ ’ उनले भने। उता कारागारमा ५० प्रतिशत कैद सजाय भुक्तान गरका कैदीहरुको समेत विभागमा लिष्ट पठाइएको छ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij