प्रदेश ५ सरकारले प्रदेशका प्रमुख तीन शहरमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने

प्रदेश ५ सरकारले प्रदेशका प्रमुख तीन शहरमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने

बुटवल
प्रदेश ५ सरकारले प्रदेशका प्रमुख तीन शहरमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने भएको छ।प्रदेश सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा तीन दिनभित्र कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गरी शुरु सेवा सुरु गर्ने निर्णय गरेको बैठक पछि मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर के.सी.ले जानकारी दिनुभयो।
बैठकले १२ वटै जिल्ला प्रशासन कार्यालयमार्फत एम्बुलेन्स चालकका लागि व्यक्तिगत सुरक्षा सामग्रीपिपिई उपलब्ध गराउने भन्दै त्यसको व्यवस्थापन प्रमुख जिल्ला अधिकारीले गर्ने निर्णय गरेको छ।
बैठकले किसानले खेती स्याहार्ने बेला भएकाले लकडाउनको अवस्थामा कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर, कम्बाइन मेशिन लगायतका उपकरण सञ्चालनका लागि गाउँपालिका र नगरपालिकाभित्र कार्यकारी अधिकृतले तथा जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीले पासको व्यवस्था मिलाउने जिम्मेवारी प्रदान गरिएको प्रेस सल्लाहकारद्वारा जारी प्रेस नोटमा जनाइएको छ।
यस्तै नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेकालाई सम्बन्धित जिल्लामा समूह बनाइ पठाउने व्यवस्था मिलाउने र उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राखी सो अवधिभर खानपिनको व्यवस्था गर्न समेत निर्देशन दिएको छ।
निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउने व्यवस्था गर्ने, त्यसका लागि सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने र यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने समेत निर्देशन दिएको छ।

प्रकाशित मिति : सोमबार, चैत्र १७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij