देवदह नगरपालिकाले दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन चलाउनेहरुलाई राहत प्रदान गर्ने

देवदह नगरपालिकाले दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन चलाउनेहरुलाई राहत प्रदान गर्ने

देवदह ।
देवदह नगरपालिकामा गठित विपद् व्यवस्थापन समितिको बैठकले दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन चलाउनेहरुलाई राहत प्रदान गर्ने निर्णय गरेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणबाट बच्नको लागि नेपाल सरकारले गत चैत्र ११ गते देखि लकडाउन गरेको अवस्थामा देवदह क्षेत्रका अतिविपन्न बर्गलाई राहत प्रदान गर्ने निर्णय गरेको नगरपालिका प्रवक्ता झिल्लुप्रसाद न्यौपानेले बताए ।
कोरोना भाइरसका कारण विश्व त्रासपूर्ण रहेको अवस्थामा ज्यालादारी गरी खाने बर्गलाई नगरपालिकाले राहत प्रदान गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए । देवदह नगरपालिकाभित्रका अतिविपन्न वर्ग, दैनिक ज्यालामजदुरी गरी खाने करिव ३ हजार घरपरिवारलाई नगरपालिकाले राहत प्रदान गर्न लागेको हो ।
लकडाउनका कारण दैनिक मजदुरी गर्न नपाएको र खाद्यान्नमा समस्या आएका उक्त घरपरिवारलाई नगरपालिकाले राहतको व्यवस्था गरिएको नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताइन् । प्रत्येक घरपरिवारलाई करिव एक हजार बरावरको राहत सामग्री प्रदान गर्ने गरी नगरपालिका अगाडि बढिरहेको उपप्रमुख गुरुङ्गले बताइन् । नगरपालिकाभित्र रहेका अतिविपन्न बर्ग र मजदुर गरी खानेलाई १० किलो चामल, २ केजी दाल, १ केजी नुन, १ लिटर तेल, १ पिस सावुन, सोयाबिन मस्यौरा लगायतका सामग्री प्रदान गर्न लागिएको प्रवक्ता न्यौपानेले बताए ।
कोरोना भाईरस संक्रमण रोकथाम व्यवस्थापन र अतिविपन्न बर्गलाई सहयोग गर्न नगरपालिकाले सबैसंग आग्रह गरेको छ ।
विपद् व्यवस्थापन समितिका संयोजक हिराबहादुर खत्रीको अध्यक्षतामा बैठक बसेको थियो ।
यसैगरी देवदह नगरपालिका–५, वडा स्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ । बैठकले देवदह नगरपालिकाले अतिविपन्न बर्गलाई वितरण गर्न लागेको राहत प्रदान गर्नको लागि वडामा लगत संकलन गर्ने निर्णय गरेको छ ।
वडाअध्यक्ष एवं वडा स्तरीय विपद् व्यवस्थापन समितिका अध्यक्ष झिल्लुप्रसाद न्यौपानेको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

प्रकाशित मिति : मंगलबार, चैत्र १८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij