ओम्‍नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द

ओम्‍नी समूहसँगको विवादास्पद ठेक्का सम्झौता रद्द

काठमाडौं : सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ओबिसिए ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त समूहसँगको ठेक्का विवादमा परेको थियो। ठेक्का सम्झौता तोडिएको जानकारी बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले दिएका छन्। ‘हामीले उहाँहरुले हालेको प्रस्ताव भन्दा ०.५ प्रतिशत घटाएर प्रस्ताव पास गरेका थियौँ। तर हो यो महामारीका बेलामा छिटो सामान ल्याउन २० प्रतिशत महँगोमा सम्झौता भएको हो’, श्रेष्ठले भने, ‘हामीलाई २० प्रतिशत धेरैको तनाव थिएन। मान्छे बचाउनु प्रमुख थियो तर तर उहाँहरुले हामीलेभनेको जति सामान ल्याउनु भएन। ३० तारिखसम्म १० प्रतिशत मात्रै सामान आएको छ। आजसम्म कबोल अंकको १८ प्रतिशत मात्रै सामान आउनुपर्ने थियो। तर नआएपछि हामीले ‌ओम्रीसँगको सम्झौता रद्द गरेका छौं।’ श्रेष्ठले सम्झौता रद्द गरेर ओम्रीको धरौटी जफत तयारी भइरहेको जानकारी दिए। ओम्रीले उक्त ठेक्काका लागि ५ कराेड रुपैयाँ धराैटी राखेको थियो। ‘उहाँको धरौटी जफत गरेर कालोसूचीमा लाने तयारी भएको छ’, उनले भने, ‘अब पहिलेको टेण्डरका साथीहरुलाई बोलाउँदैछौं। थप आवश्यकताका लागि तीन दिनको सूचना निकाल्छौं। सस्तोमा दिन्छौं भनेका छन्। बढीमा ५ दिनभित्रमा ल्याउने शर्तमा सम्झौता र वार्ता गर्छौं’, उनले भने, ‘सामानहरु उपलब्ध गराउँछौं भनेकाले विश्‍वस्त छौँ।’ श्रेष्ठले सामान अभावमा बिरामीको जाँच नरोक्न अपिल गरेका छन्। ‘स्वास्थ्यर्कमी सबैसँग अनुरोध, कुनै पनि सामानको अभावमा बिरामी जाँच्न नरोक्नुस’, उनले भनेका छन्, ‘चीनबाट सामान ल्याउन सक्नु भएन केही दिनको समस्या टार्न त सक्छौं तर दीगो समाधान तत्काल चाहिएको छ।’ ओम्नी समूह ओम्‍नी समूह प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छ। यो समूहले १ अर्ब २४ करोड रुपैँयामा अत्यावश्यक सामग्री खरिद गर्ने ठेक्का स्वास्थ्यमन्त्रीस्तरीय समितिको बैठकबाट पाएको थियो। ओम्‍नी समूहले चीनबाट १८ प्रकारका स्वास्थ्य सामग्री ल्याउने कबुल गरेको थियो। नेपाल वायु सेवा निगमको चार्डड वाइडबडीले गत आइतबार ओम्नी समूहका १० टन सामग्री ल्याइदिएको थियो। ओम्नीले अझै ३२ हजार टन सामग्री ल्याउन बाँकी थियो।  ओम्नी समूहले १० हजार थान मात्रै गाउन सरकारलाई उपलब्ध गराएको छ। सरकारले १ लाख चस्मा मगाएको थियो। तर ओम्नी समूहले १० हजार वटा  दिएको छ। ‘एन ९५ मास्क’ एक लाख मगाइएकोमा ५ हजार मात्रै दिएको छ। समग्रमा १० प्रतिशत मात्रै सामान यो समूहले दिएको थियो।  सरकार आफैँले भने चीनबाट ४६२ रुपैयाँमा एन ९५ मास्कका ल्याएको थियो तर ओम्नी समूहलाई भने त्यही मास्क ८३९ रुपैयाँमा किन्‍न ठेक्का दिइएको थियो।

प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij