देवदह । देवदह नगरपालिकाले अतिविपन्न बर्गको लागि राहतको कार्यक्रम शुरु गरेको छ । दैनिक मजदुरी गरी छाक टार्ने अतिविपन्न बर्गलाई नगरपालिकाले राहत कार्यक्रम अगाडि सारेको हो । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस संक्रमण हुन सक्ने भन्दै सरकारले लक डाउन गरेपछि काम गरी खाने वातावरण नहुदा समस्यामा रहेका बर्गलाई नगरपालिकाले राहत प्रदान गरेको हो । देवदह नगरपालिका भित्र रहेका करिव ३ हजार घरपरिवारलाई राहतको कार्यक्रम अगाडि सारिएको नगर प्रमुख हिराबहादुर खत्रीले बताए ।
नगरपालिको दैनिक मजुदरी गरी खाने अतिविपन्न बर्गका लागि १० किलो चामल, २ केजी दाल, १ केजी नुन, आधार लिटर तेल, स्वाविनको मसौरा लागतयका सामाग्री प्रदान गरेको हो ।
नगरपालिकाले टोल विकास संस्था मार्फत वडा कार्यालयले सिफारिस गरेका अतिविपन्न बर्गलाई राहत प्रदान गरेको हो । देवदह नगरपालिको वडा नं १,मा १ सय ४०, २ मा १ सय १०, ३, मा ७०, ४ मा २ सय १०, ५ मा ३ सय ११, ६, मा २ सय २७, ७ मा ३ सय १४, ८ मा १ सय ८०, ९ मा १ सय ९५, ११ मा ३ सय, १२ मा २ सय २२ घरपरिवारलाई राहत प्रदान गरेको छ । प्रतिपरिवार करिव ९ हजार बरावरको सामाग्री प्रदान गरिएको उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले बताए ।
प्रकाशित मिति : बुधबार, चैत्र १९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्