भैरहवा – विश्वव्यापी कोरोना भाइरस माहामारीका कारण सरकारले घोषणा गरेको लकडाउन अवधिमा संकटमा परेका गरीब तथा असहाय परिवारलाई जेसीआई सिद्धार्थ, नेपालले खाद्यान्न सामाग्री वितरण गरेको छ । खाधान्न सामाग्री वितरण गर्दे नेपाली काग्रेस रुपन्देही का सभापति अब्दुल रज्जाक ले सरकारले शुरु गरेको लकडाउनले मजदुरी गरेर दैनिक जीविकोपार्जन गर्ने सर्वसाधारणलाई समस्या भएको छ’,उहाले भन्नु भयो ‘अति विपन्न वर्गलाई खाद्यान्न लगायतका सहयोग सबै सघ सस्थाले गरेमा कोही पनि मजदुरी गर्ने भोकै नरहने बताउदै सबै लाइ सहयोग गर्न अपिल समेत गर्नु भयो । सिद्धार्थ जेसिजले एक हप्ता जति पुग्ने खाद्यान्न सामाग्री निःशुल्क वितरण गरेको अध्यक्ष मंगल भण्डारीले बताउनु भयो ।
ओमसतिया गाउँपालिका वडा नम्बर ४ बसन्तपुर मा रहेका ३७ र सिद्धार्थनगर नगर पालिका का ४ गरी ४१ घर परिवारलाई चामल, दाल, आँटा, तेल, चिनी, नुन, चियापत्ती, आलु, प्याज, भुजा, सोयाबिन, बिस्कुट, लगायत का खाद्य सामाग्री वितरण गरेको कार्यक्रम संयोजक दिपक सापकोटाले बताउनु भयो । गाउपालिका को सिफरिस मा उक्त सामाग्री वितरण गरिएको जेसिआई सिद्धार्थ नेपाल का पुर्व अध्यक्ष सगम न्यौपानेले बताउनु भयो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्