बाबुराम मृत्यु प्रकरण :काँग्रेस नगरसमिति र महिला संघद्धारा छानबिन र क्षेतीपुर्तिको माग

बाबुराम मृत्यु प्रकरण :काँग्रेस नगरसमिति र महिला संघद्धारा छानबिन र क्षेतीपुर्तिको माग

बुटवल – गत आइतबार कोरोना विशेष अस्थाइ अस्पताल बुटवलमा मृत्यु भएका सैनामैनाका बाबुराम थापाको उपचारमा लापरबाही भएको भन्दै नेपाली काँग्रेस नगर समितिले घटनाको निश्पक्ष छानबिन र पिडीत परिवारलाइ क्षतीपुर्ति दिन माग गरेको छ ।
ज्वरो आएर अस्पताल गएका बिरामीले कोरोनाकै नाममा उपचार नपाएर ज्यान गुमाउनु निन्दनिय रहेको भन्दै काँग्रेस नगर सभापती खेलराज पाण्डेले घटनाको निश्पक्ष छानबिन गरी पिडीत परिवारलाइ क्षतीपुर्तीको व्यवस्था गर्न माग गरेका हुन । नगरसभापती पाण्डेले कोरोना बिरुद्धको लडाइमा काँग्रेसको पुर्ण साथ रहेको भन्दै राहत बितरणमा अनियमिता हुन नदिन सर्बदलिय बैठकबाट नाम सिफारिस गर्ने व्यवस्था गर्न पनि माग गरेका छन ।
राहत बितरणमै अनियमितता र भेदभाव हुने गरेका गुनासा आइरहेकाले त्यसलाइ पारदर्सी बनाउनु पर्नेमा काँग्रेस बुटवल नगर समितिको जोड छ । रोजगारीकालागि भारत गएकालाइ शंकटकै घडीमा आफनो देश फर्कनबाट रोक्नु अमानविय कार्य भएको भन्दै उनीहरुलाइ तत्काल उद्यार गरी आफनै देशका क्वारेन्टाइनमा राख्नुपर्ने माग पनि गरीएको छ ।
यसैबिच नेपाल महिला संघ रुपन्देहीले बाबुराम मृत्यु प्रकरणको छानबिन गरी पिडीत परिवारलाइ क्षतीपुर्तिको माग गरेको छ । महिला संघका सभापती गंगा शाहीद्धारा जारी बिज्ञप्तीमा कोरोना रिर्पोट नेगेटिभ देखिएपछि उक्त अस्पालमा चार दिन सम्म किन उपचार नगरी बिरामी राखीयो भन्ने प्रश्न गम्भिर बनेको भन्दै छानबिनको माग गरीएको हो । आर्थिक अवस्था कमजोर रहेको परिवारले अभिभावक गुमाउदा श्रीमती र नाबालक छोराहरुको बिचल्ली भएकाले सम्बन्धित निकाय र सरकार जिम्मेबार हुनु पर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : बिहिबार, चैत्र २० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij