कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

अमेरिका

अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ।यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्।पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ।अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो। मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ।विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी ९रोग प्रतिरोधकले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन्। शोधकर्ताहरू अमेरिकी खाद्य तथा औषधि प्रशासनबाट अनुसन्धानका लागि नयाँ औषधि स्वीकृति खोज्ने प्रक्रियामा रहेको उल्लेख गरेका छन्। अर्को केही महिनामा मानवमा क्लिनिकल रोग विषयक०परीक्षण शुरु हुने आशा उनीहरुले व्यक्त गरेका छन्।

प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij