रोटरी क्लब अफ भैरहवा द्धारा सिद्धार्थ नगरपालिका लाई चेक हस्तान्तरण

रोटरी क्लब अफ भैरहवा द्धारा सिद्धार्थ नगरपालिका लाई चेक हस्तान्तरण

भैरहवा ।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रोटरी क्लब अफ भैरहवा ले सिद्धार्थनगर नगरपालिकालाई ३१ हजार नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा रोटरीले उक्त रकम सहयोग गरेको हो ।
विभिन्न सामाजिक कार्य गर्दे आइरहेको रोटरी क्लब ले केही दिन अगाडी भैरहवा मा रहेका प्रहरी कार्यालय , ट्राफिक प्रहरी, सशस्त्र प्रहरी, बृद्ध आश्रम लगायत विभिन्न सघ, संस्था मा कोरोना भाईरस बाट बच्न माक्स वितरण गरेको रोटरी ले सामाजिक कार्य अन्तरगत आर्थिक सहयोग गरेको रोटरी क्लब भैरहवा का सस्थापक अध्यक्ष राज कुमार गुप्ता ले जानकारी दिनु भयो ।
रोटरी क्लब ले नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, नगर पालिका का वरिष्ठ अधिकृत गणेश क्षेत्री, नगर पालिका का कार्यकारी अधिकृत तुल्सी राम मरासिनी लाई रोटरी क्लब अफ भैरहवा का सदस्य रवि कुमार रौनियार ले चेक हस्तान्त्रण गर्नु भएको थियो ।
चेक बुझ्दै नगरप्रमुख अधिकारीले रोटरीले विभिन्न सामाजिक कार्य गर्नु का साथै बिपतमा परेकाहरुलाई सहयोग गरेर उदारणीय कार्य गरेको उल्लेख गर्नु भयो ।
चेक हस्तान्तरण मा रोटरी क्लब अफ भैरहवा का सदस्यहरु रवि कुमार रौनियार, दुश्यन्त थापा लगायत को उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २१ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij