बुटवल- विश्वब्यापि रुपमा फैलिएको कोरोना भाईरसबाट आज विश्व आक्रान्त बनिरहेको छ सो रोगको रोगथामका निम्ति नेपाल सरकारले चैत ११ गतेदेखि लक डाउन गरिरहेको अवस्थामा दिनभरी मजदुरी गरेर साझ विहान छाक टार्ने श्रमिक यसबाट प्रत्यक्ष असरमा परिरहेको अवस्थामा तिलोत्तमा जेसीजले तिलोत्तमा नगरपालिका वडा नं १३ , करौजियामा रहेका ४८ घरधुरीलाई खाधान्न वितरण गरेको छ। तिलोत्तमा नगरपालिका वडा नं १३ र टोल विकाश समितिको संम्वनयमा खाद्यान्न वितरण कार्यक्रम गरिएको हो। तिलोत्तमा जेसीजका अध्यक्ष जेसी लोक प्रसाद भण्डारी राजुूको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी टोल विकाश समितिका अध्यक्ष नरजंग गुरुङ्गको रहनुभएको थियो।

सो कार्यक्रममा ४८ घर धुरीलाई चामल दाल नुन तेल स्वाविन मसला बेसार आलु लगाएतका खाध्य साम्रागि वितरण गरिएको थियो सो कार्यक्रममा बोलदै प्रमुख अतिथी नरजंग गरुरुङ्गले तिलोत्तमा जेसीज स्थानियको दुखमा सधै सहयोगी भएको र संकटकोबेला पनि दिन रात नभनि सहयोग गरेको भन्दै प्रशंसा तथा धन्याबाद ब्यक्त गर्नुभएको थियो।त्यसैगरी समाजसेवी नारायण ढकालले तिलोत्तमा जेसीजले नेतृत्व र ब्यक्तित्व विकाश बाहेक साजमा उदाहरणिय कार्य गर्न सफल भई छोटो समयमै सबैको मन जित्न सफल भएकोमा बधाई सहित भोलीको दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।
तिलोत्तमा जेसीजका अध्यक्ष जेसी लोकप्रसाद भण्डारी राजुू ले तिलोत्तमा जेसीजले स्थापना कालदेखि सामाजीक कार्यमा अग्रसर रहेको र विगत देखि समाजमा प्रत्यक्ष असर पर्ने र स्थानियलाई लाभांवित हुने कार्यक्रम गरिरहेको र सदैब सबैको पिडामा केहि हदसम्म मलम लगाउने कार्य गरिरहेको र भोलिको दिनमा पनि यस्ता का्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। सो कार्यक्रमको तिलोत्तमा जेसीजका कार्यकारणि उपाध्यक्ष जेसी प्रकाश गौतमको संयोजनमा भएको कार्यक्रममा नेपाली काग्रेश तिलोत्तमा नगरपालिका वडा नं १३ का सभापती तथा समाजसेवी नारायण ढकाल , तिलोत्तमा जेसीजका संस्थापक अध्यक्ष सिनेटर विनोद ढकाल , पुर्व अध्यक्ष तथा सल्लाहकार सिनेटर यादव भट्टराई , निवर्तमान अध्यक्ष जेसी जय प्रकाश भट्टराई कानुनी सल्लाहकार जेसी प्रकाश न्यौपाने तथा कार्यकारणि उपाध्यक्ष जेसी रमेश न्यौपानेको उपस्थित रहेको कार्यक्रमको संचालन तिलोत्तमा जेसीजका महासचिव जेसी बासुदेव शर्माले गर्नुभएको तिलोत्तमन जेसीजका कोषाध्यक्ष जेसी महेश शर्माले बताउनुभयो। हाल विश्वभरी महामारूिका रुपमा फैलिएको यो रोगबाट ६० हजारको मृत्यु भईसकेको र ११ लाख धेरै सक्रमित रहेका छन भने नेपालमा ९ जनामा यो रोग सक्रमण देखिएको छ सरकारले यो रोगको रोकथामका निम्ति लक डाउन गरेको छ।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्