बुटवल कृषि उपज थोक बजार केन्द्र बन्द

बुटवल कृषि उपज थोक बजार केन्द्र बन्द

बुटवल
बुटवल कृषि उपज थोक बजार केन्द्र बन्द गरिएको छ ।थोक बजार केन्द्रमा भारतबाट आउने तरकारीका कारण कोरोनाको संक्रमणको जोखिम बढेको गुनासो आउन थालेपछि उपमहानगरपालिकाको निर्देशनमा बन्द गरिएको हो ।
दैनिक तरकारी तथा फलफुल खरीद गर्ने नाममा उपभोक्ताको भिड लाग्न थालेपछि बन्द गरिएको कृषी उपज थोक बजार केन्द्रले जनाएको छ ।
विश्वभर फैलिएको कोरोना भाईरसबाट नेपालमा पनि संक्रमितहरुको संख्या बढन थालेपछि कृषि उपज थोक बजार संचालक समितीले चैत्र २३ गतेदेखि २५ गतेसम्मको लागि बन्द गरेको हो ।नेपाल सरकारले कोरोनाको संक्रमण नियन्त्रणका लागि लकडाउन गरेको अवस्थामा समेत भिडभाड हुन थालेपछि कृषि उपज केन्द्रले सुचना जारी गरेर बन्द गरीएको जनाएको छ ।
बुटवलको कृषि उपज केन्द्रबाट आपूर्ति तथा विक्री वितरण सहज र सुरक्षित बनाउने प्रयास गरेपनि उपभोक्ताहरुको भिड लाग्ने गर्दा संक्रमणको जोखिम बढेको भन्दै गरिएको बजार व्यवस्थापक रामबहादुर खत्रीले बताउनुभयो।
सडक तथा बजार क्षेत्रमा लकडाउनको पालना भईरहंदा पनि कृषि उपज थोक बजार केन्द्रमा भने दिनप्रतिदिन भिड लाग्दै आएको थियो । कृर्षि थोक उपज केन्द्रमा आउने तरकारी भारतीय बजारबाट आउने गरेको र भारतीय सिमा क्षेत्रमा समेत कोरोनाका संक्रमित फेला पर्न थालेपछि कृषि थोक उपज केन्द्र बन्द गर्न दवाव पर्दै आएको थियो ।
केन्द्रमा भिड बढ्दै जांदा कोरोना संक्रमणको जोखिम बढेको गुनासो बढेकोले सरकारले घोषणा गरेको लक डाउनको अवधी तिनदिनको लागि केन्द्र बन्द गर्न निर्देशन गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो।
केन्द्रले नेपालमै उत्पादित हरियो साग सब्जी र अन्य तरकारीको खुद्रा विक्री वितरणको लागि भने उपमहानगरपालिकाले तोकेको स्थानमा राखी विक्री गर्न कृषकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij