सैनामैना
लकडाउनको मौका छोपि नदिजन्य पदार्थ दोहन गर्ने दुई ट्याक्टरलाई प्रहरीले आजशनिबार नियन्त्रणमा लिएको छ । रुपन्देहीको सैनामैना वडा न५ गढवामा पर्ने तुल्बुलिया खोलाबाट अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गरि लैजाने क्रममा खोलाबाटै ट्याक्टरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक कमल परियारले जानकारी दिनुभयो।
लु ४ त ५२५३ र लु ३ त २८८२ नम्बरको ट्याक्टरलाई नदिजन्य पदार्थ सहित बरामद गरिएको हो । थप कानुनी कार्वाही अघि बढेको प्रहरीले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ११ को उपदफा २ घ विपरित उक्त उत्खनन् कार्य भएको पाइएको हो । अवैध रुपमा हुने कारोवारलाई रोक्न विशेष योजनाका साथ प्रहरी तैनाथ भएको निरिक्षक परियारले बताउनुभयो।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्