तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भारतबाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरबासीलाई आग्रह गरेको छ । ’हालको विषम परिस्थितिमा भारतबाट आयात हुने तरकारी तथा फलफूलमा कोरोना संक्रमण नरहने विश्वस्त आधार नभएकोले तिलोत्तमा नगरपालिका क्षेत्रमा भारतबाट आयातित तरकारी तथा फलफूलको खरिद, बिक्री–वितरण तथा उपभोग नगर्नु÷नगराउनु हुन सम्पूर्ण नगरबासीमा अनुरोध छ ।’ नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख छ ।
नगरपालिकाले हालको विषय परिस्थितिमा स्वदेशमैं उत्पादित तरकारी, फलफूललगायतका कृषिउपज प्रयोग गर्न नगरबासीलाई भनेको छ । स्वदेशमैं उत्पादित कृषिउपज भीडभाड नगरी व्यक्तिबीचको दुरी कायम गरी तोकिएको समयमा मात्र खरिद, बिक्री–वितरण गर्नु नगरपालिकाले सबैलाई सूचित गरेको सूचनामा उल्लेख छ ।
तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यन्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकेको छ । यस्तै दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरेको छ । नगरबासीले स्थानीय स्तरमा आफूसक्दो कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरबासीमा अनुरोध छ ।
प्रकाशित मिति : शनिबार, चैत्र २२ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्