रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमण भेटिएपछि नेपाल प्रवेश गर्ने सीमामा कडाइ

रुपन्देहीको सीमावर्ती भारतीय गाउँमा कोरोना संक्रमण भेटिएपछि नेपाल प्रवेश गर्ने सीमामा कडाइ

रुपन्देही
रुपन्देहीको सीमावर्ती भारतीयगाउँमा ६ जनामा कोरोना संक्रमण भेटिएसँगै नेपालप्रवेश गर्ने सीमामा थप कडाइ गरिएकोे छ।रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीयगाउँ कोल्हुई र पुरन्दपुर थानाआसपासकागाउँमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यीदुई गाउँ र रूपन्देहीको सीमाबाट १० मिनेटको पैदल दूरीमा छ। मर्चवारबासीनियमित रूपमाजाने बजार ती स्थानकै रहेकाले स्थानीयत्रसितभएका छन्।सीमावर्ती भारतीयगाउँमा कोरोना संक्रमित भेटिएसँगै रुपन्देहीप्रशासनले सीमा क्षेत्रमाथप कडाइ गरेको छ। सीमा क्षेत्र मा थप कडाई का लागीथप२ सय सशस्त्रप्रहरी माग गरिएकोमा८० जनाप्रहरी आइसकेको सशस्त्रप्रहरीको ३८ नम्बर गुल्म रुपन्देहीका सशस्त्रप्रहरी उपरीक्षक तेज प्रसादपोख्रेलले जानकारी दिए। थपजनशक्तिअझै आइपुग्नबाकी रहेको र उनीहरूलाई पनिआएलगत्तै सीमा क्षेत्रमा खटाइने पोखरेलको भनाइ रहेको छ।सीमा क्षेत्रमाएकले अर्कोलाई देख्ने गरी सशस्त्रप्रहरी परिचालन गर्नलागीएको पोखरेल ले बताए ।
भारतको गाउँमा फेला परेका संक्रमितदिल्लीको तबलिगी मरकजमा सहभागीभएर आएकाहरू भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनीहरु को रिपोर्ट पोजेटिभ आएसँगै उनीहरूलाई आइसोलेसनमा राखिएको र परिवारका सदस्यहरूलाई पनिक्वारेन्टाइनमा राखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij