सैनामैना
सैनामैना वडा न.४ का वडा अध्यक्ष धन बहादुर कार्की जनताको घरमा पुगेर राहात सामाग्री वितरण गरेका छन् । नगरपालिका र विभिन्न टोलविकास सस्था एवं ब्यक्तिगत रुपमा सहयोग आएका खाधन्न सामान अति विपन्न परिवारलाई उनले प्रदान गरेका हुन् । वडा भित्र रहेका अति विपन्न १४६ घरधुरिलाई चामल,दाल,चिउरा,साबुन,अण्डा,तेल र नुन वितरण गरिएको हो । राहत सामाग्री पाए संगै पिडित परिवारले खुशी ब्यक्त गरेका थिए ।
नेपाल सहित विश्वभर फैलिएको कोरोना भारसका कारण सरकारले देशैभरि लगाएको लकडाउनको बेला खाधन्नको अभाव हुन नदिन अति विपन्न परिवारलाई उनीहरको अवस्था हेरेर सो सामाग्री वितरण गरिएको वडा अध्यक्ष धन बहादुर कार्कीले बताए । कार्कीका अनुसार खाधन्नको समस्या हुन नदिन राहत वितरण कार्यले निरन्तरता पाउने बताउदै सो इच्छाले सहयोग गर्न सवैलाई आग्रह उनले गरे ।वितरण कार्यक्रममा विभिन्न राजनितिका दलका प्रतिनिधी,सुरक्षाकर्मी,पत्रकार तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्