बुटवल ।
खेलकुदसंगै सामाजिक गतिविधिमा अग्रसर रहेको बुटवलको लाफा समुहले दैनिक ज्याला मजदुरी गरि जिविकोपार्जन गर्ने एक सय परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले गरेको लक डाउनको अवधि थप हुदै जादा समस्यामा परेको बुटवल –११, सत्यवती(विनापाते) टोल समितिका ७० र वडा नं ८ का ३० गरि एक सय घरधुरीलाई १५ किलो चामल, २ किलो दाल, १ लिटर तेल र एक पोका नुन वितरण गरेको हो ।
बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारका लागि बनाएको राहत प्याकेज अनुसार वडा नम्बर ११ संग सम्पर्क गरी सत्यवती टोल समितिका अध्यक्ष भिम बहादुर केसी र वडा नं. ८ का वडा अध्यक्ष भिम बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तर गरेको छ । लाफा समुहका संरक्षक बासुदेव लामिछाने मगरले अहिलेको कठिन समयमा थोरै भएपनि समुहबाट सामाजिक कार्यमा योगदान दिएको बताउनुभयो । समुहका प्रत्येक सदस्यबाट १५ सयका दरले सहयोग उठाएर सहयोग जुटाएको समुहका अध्यक्ष तारा रेश्मीले बताउनुभयो । नाम अनुसार नै लाफाले सबैलाई साथ दिने र सहयोग गर्दै आएको उहाले बताउनुभयो । यसैगरि लकडाउन अबधिमा बिभिन्न जिल्लाहरुका ४ जना व्यक्तिmहरुलाइ बिभिन्न गु्रपका १२ पोका रगत उपलब्ध गराएको र अझ पनि कुनै बिरामीहरुलाइ रगतको आवश्यकता परे समुहमार्फत सम्पर्क गरेर रक्तदान गर्ने ब्यवस्था गरिएको समुहका उपाध्यक्ष पुरन गाहाले बताउनुभयो ।
लाफा समुहसंगै ज्ञानी पोलि टैकका संचालक रन्जन कसजुबाट २ क्विन्टल चामल त्यसैगरी इमान होटल चरङ्गबाट ५० केजी र चिरञ्जिवि थैवबाट २५ केजी चामल सहयोग गर्नुभएको थियो ।
समुहले केही महिना अगाडी प्रदेश ५ कै ठूलो पुरस्कारको व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको थियो । हाल समुहमा ८५ जना सदस्यहरु रहेका छन ।
प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्