बुटवलमा किटाणु नाशक स्प्रे छर्कियो

बुटवलमा किटाणु नाशक स्प्रे छर्कियो

बुटवल । कोरोना भाइरस विरुद्धको  अभियान अन्तर्गत बुटवलमा “क्लोरिन” तथा “ब्लिचिङ पाउडर”सहितको किटाणु नाशक स्प्रे छर्किएको छ ।
सहरका मुख्य सडकहरूलाई “डिस्इन्फेक्सन गराउने काम स्वरुप स्प्रे गर्न थालिएको हो । भएको हो । उपमहानगरपालिकाले नगरभित्रका वाइपास सडकमा क्लोरिन झोल र ब्लिचिङ पाउडर मिश्रित औषधि छर्ने काम सुरु गरेको हो ।नगरबासीलाई लकडाउनको पालना गर्न सार्वजनिक अपील जारी गर्नुका साथै उपमहानगरपालिकाले नगर भित्र रहेका ३० फुटे सबै सडकमा डिसइन्फेक्सन बनाउन लागेको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । ब्लिचिङ पाउडर र क्लोरिन झोलयुक्त विषादीलाई मान स्वास्थ्यमा असर नपर्ने भन्दै विज्ञहरूले सिफारिस गरिसकेका छन् ।
तीन दिनमा उपमहानगरपालिका भित्रका सबै सडकमा उक्त क्लोरिन छरि सकिने र राहत वितरण संगै सार्वजनिक अपील पनि गरिने प्रमुख सुवेदीले जानाकारी दिनुभयो । सडक किनारमा टाँसिएर रहेका भाईरस मर्ने, किटाणु नाश हुने र सरसफाइमा समेत चासो बढ्ने प्रमुख सुवेदीको विश्वास छ ।
उपमहानगरले दमकल प्रयोग गरेर एकपटकमा ४५ सय लिटर औषधि छर्किरहेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो । दमकलमा राखेर सडक र पेटीमा छर्किने र संगसंगै सार्वजनिक सन्देश पनि प्रवाह गरिएको शर्माले बताउनुभयो । उपमहानगरपालिकाले विशेषज्ञको सिफारिसमा डिसइन्फेक्सनको झोल छर्किएको र सबै वडामा पुर्‍याइने बताएको छ ।
पहिलो चरणमा ४ लाख ६८ हजार लिटर क्लोरिन छर्कने र अपुग भएको अवस्थामा थप क्लोरिन ल्याएर सडकमा छर्कने काम भइरहेको जनस्वास्थ्य महाशाखाका शाखा अधिकृत कुन्दनकुमार सिंहको भनाई छ ।चिडिया चौकीदेखि योगिकुटी सिमानासम्म, मिलनचोकदेखि बाणिज्य क्याम्पस बेलबास पुलदेखि १४ नंं वडा कार्यालय, भुड्की चोकबाट बेसक्याम्प, कृषि उपज केन्द्रबाट योगिकुटी कालिकापथसम्म औषधि छर्किइने उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताउनुभयो । दोस्रोचरणमा अरु वडाहरुमा टोली परिचालन गरिने उहाँको भनाइ छ ।

प्रकाशित मिति : आइतबार, चैत्र २३ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij