एघार दिनपछि उठ्यो बुटवलको अस्पतालमा मृत्यु भएका बाबुरामको शव

एघार दिनपछि उठ्यो बुटवलको अस्पतालमा मृत्यु भएका बाबुरामको शव

बुटवल-बुटवलको अस्थायी अस्पतालको आइसोलेसमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको ११ दिनपछि शव बुझ्ने सहमति भएको छ ।३४ वर्षिय बाबुराम थापाको मृत्यु प्रकरण बल्झीदै गएपछि ११ औं दिनमा परिवार र सरकारी सरोकारवाला पक्षबिच सहमति भएको हो । प्रदेश ५ को सामाजिक बिकास मन्त्रालयमा मन्त्री सुदर्शन बरालको नेतृत्वमा आज भएको सर्बपक्षिय छलफलले सहमति गरिएको हो ।
उपचारमा अस्पतालको लापरवाहीका कारण बाबुराको मृत्यु भएको भन्दै आफन्तले न्याय पाउनुपर्ने अडानमा थिए ।आज भएको सहमतिमा परिवारलाइ दिनेगरि आधारभूत राहत कोष बनाउने जसमा शुरुमा ५ लाख ५ हजार रकम रहनेछ । र त्यसमा आर्थिक सहयोग थप जुटाइने छ ।
सोहि कोषमा समाजसेवी दाताहरुको सहयोगबाट आजमात्रै साढे ८ लाख रकम संकलन भैसकेको युवा उद्यमी जगत पोखरेलले बताउनुभयो ।त्यसका लागि पूर्व सांसद बिनोद पहाडी, युवा उद्यमी जगत पोखरेल,अधिकारकर्मी पदम कार्की , होटल ब्यबसायी समुद्र जिसिको पहल र जिम्मेबारीमा रहनेगरि कोष बनाइएको हो ।
त्यस्तैगरि २ वटा छोराहरुलाई उच्च शिक्षासम्म पठनपाठन र मृतककी श्रीमती रिता थापा क्षेत्रीलाइ सैनामैनामै स्थानीय सरकारले योग्यता अनुसारको रोजगार दिने लिखित सहमति भएको पुर्व सभासद विनोद पहाडीले बताउनुभयो।
लुम्बिनी प्रादेशिक अस्पतालको शवग्रहमा रहेको शव परिवारले बुझेर अन्तिम संस्कार गर्नेछन् । यसमा प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ । पिडितपक्षको माग सम्बोधन गर्न सरोकारवाला पक्षलाई चौतर्फि दवावको लागि मानव अधिकारकर्मी र नागरिक समाज लागि परेको थियो ।
पाल्पा रिब्दिकोट ५ कुसुमखोला स्थायी घर भई थापा परिवार सैनामैना नगरपालिका ४ सिसौंडाडामा डेरामा बस्दै आएको छ । दुबईबाट चैत्र पहिलो साता नेपाल फर्किएका थापा उपचारका लागि चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।
अस्पतालमा भर्ना भएको चौथो दिन चैत्र १६ गते धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा उनको ज्यान गएको थियो ।उनको मृत्यु भएको दिन मात्रै स्वाब परीक्षणका लागि पठाइएको थियो भने दोस्रो दिन मात्रै रिपोर्ट नेगेटिभ आएको थियो ।

प्रकाशित मिति : बुधबार, चैत्र २६ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij