विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोना भाइरसको महामारीमा राजनीति नगर्न आग्रह

विश्व स्वास्थ्य सङ्गठनद्धारा कोरोना भाइरसको महामारीमा राजनीति नगर्न आग्रह

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरस (काेभिड १९) काे महामारीमा राजनीति नगर्न आग्रह गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले सङ्गठनलाई दिँदै आएको सहयोग रोक्ने धम्की दिएपछि सङ्गठनका महानिर्देशक टेड्रोस अडानोम गेबेरियसले कोरोना महामारीमा राजनीति नगर्न आग्रह गर्नुभएको बीबीसीले जनाएको छ ।

महानिर्देशक गेबेरियसले विश्व स्वास्थ्य सङ्गठनको कामको बारेमा बोल्दै अमेरिकी राष्ट्रपतिले निरन्तर आरोप लगाइरहेको बताए । उनले अमेरिकी राष्ट्रपतिको आरोपकाे खण्डन गर्दै सङ्गठन सबै देशको नजिक रहेको भनाइ राखे ।

विश्व स्वास्थ्य सङ्गठनका एक सल्लाहकारले सुरुवातमा रोगबारेको यथार्थ बुझ्नको लागि चीनसँगको एक तहको निकटता रहेको भए पनि अहिले महामारी नियन्त्रणका लागि सङ्गठन सबै देशसँग उत्तिकै निकट रहेको बताएकाे खबरमा उल्लेख छ ।

महानिर्देशक गेबरेसियसले विश्वभरका सबै दलहरुले आफ्नो ध्यान नागरिकहरुलाई बचाउनमा केन्द्रित गर्नुपर्ने भन्दै धेरै मानिसको ज्यान जोगाउनुका लागि महामारीको विषयमा राजनीति गर्न नहुने बताए । उनले एकता नदेखाएमा विकसित देशले अझै धेरै समस्या र सङ्कटको सामना गर्नुपर्ने चेतावनी समेत दिए ।

विश्व स्वास्थ्य सङ्गठनले गएको जनवरी ३० तारिखमा कोरोनालाई लिएर स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । त्यसअघि नै विश्वलाई समेच गराएको सङ्गठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेर अहिले आफ्नो ध्यान कोरोनाको सङ्क्रमण रोकथाममा केन्द्रित गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसललाई ‘चिनियाँ भाइरस’ भन्नुको साथै चीनमाथि विभिन्न आरोप लगाइरहेका छन् । गएको मङ्गलबार विश्व स्वास्थ्य संगठनले चीनको पक्षमा काम गरेको भन्दै अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई दिने सहयोग रोक्ने ट्रम्पले चेतावनी दिएका थिए ।

प्रकाशित मिति : बिहिबार, चैत्र २७ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij