बुटवलका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने

बुटवलका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिनाको रकम राहत कोषमा जम्मा गर्ने

बुटवल ।

बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधिले बैठक भत्ता बापत लिने छ महिना बारबरको रकम राहत कोषमा जम्मा गर्ने भएका छन् ।बुटवलले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा उक्त रकम जम्मा हुनेछ । उपमहानगरका कुनै पनि जनप्रतिनिधिले तलब सुविधा लिएका छैनन् । उनीहरुका लागि कार्यपालिका बैठकको भत्ता मात्रै उपलव्ध हुँदै आएको छ ।
सोही बापतको रकम राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । उपमहानगरको हालै बसेको संकटकालिन आपतकालव्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको थियो । बैठक भत्ता बापतको एक लाख ४२ हजार रुपैयाँ हुन आउँछ ।
यसैगरी बुटवल उपमहानगरपालिकाका कर्मचारीहरुले पनि पारिश्रमिकको केही हिस्सा रकम विपद् व्यवस्थापन तथा राहत कोषमा जम्मा गर्ने भएका छन् । उपमहानगरका तीन सय छ जना कर्मचारीहरुले एकमुष्ट ११ लाख दुई हजार नौ सय ३७ रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले जानकारी दिनुभयो ।
बुटवलको राहत कोषमा यसअघि ५० लाख रुपैयाँ जम्मा भइसकेको छ । विभिन्न संघसंस्था र नागरिक अगुवाहरुलेसमेत उक्त कोषमा करिब १० लाख रुपैयाँ जम्मा गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक बुटवल खस्यौली शाखामा रहेको उपमहानगरको राहत कोषको खातामा मनकारीहरुले रकम जम्मा गर्नुभएको हो ।
बुटवल उपमहानगरपालिकाले नगरका सबै वडाहरुमा दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने श्रमिकका घरपरिवारको लगत संकलन गर्दै पहिलो चरणको राहत प्याकेज वितरण गरेको छ ।लकडाउन सुरु भएपछि दैनिक ज्यालादारीमा जान नपाएका बुटवलका १९ वटा वडाहरुबाट हालै ६ हजार ५ सय श्रमिकका घरपरिवारको लगत संकलन गरिएको थियो । तिनै परिवारलाई पहिलो चरणको राहत प्याकेज वितरण गरिएको बुटवलका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाले एक परिवारका लागि तत्कालका लागि १५ किलो चामल, २ किलो दाल, १ किलो नुन र १ लिटर तेल राहात स्वरुप वितरण गरिरहेको र सो काममा विभिन्न निजी क्षेत्र र सहयोगीहरुलेसमेत सहकार्य गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, चैत्र २८ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij