चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई तालिम दिंदै प्रदेश सरकार

चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई तालिम दिंदै प्रदेश सरकार

बुटवल  –  विश्वमा नै महामहारीको रुपमा फैलिएको कोरोना विरुद्ध लडनका निम्त्ति प्रदेश नं. पाँच सरकारले भैरहवामा रहेको भिम अस्पताललाई आइसी यु र भेन्टिलेटर सहितको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको छ । तीस वटा वेड रहेको अस्पतालमा कोरोना विशेष उपचार वार्ड गरी ३५ बेड रहने गरी तयारी अन्तिम चरणमा पुगेको भिम अस्पताल भैरहवाका कोरोना फोकल पर्सन डा.सुमित प्रजापतिले बताउनुभयो ।यो कोरोना विशेष अस्पतालमा कोरोना संक्रमित बिरामीहरुको उपचार तथा हेरचारह गर्ने गरी व्यवस्थापन गरिएको छ ।

अस्पतालमा उपकरण र मानवीय श्रोत भएपनि यस्तो खालको महामारीमा सघन उपचार कक्षा संचालनको अनुभव कम भएकोले उपचारका क्रममा आउन सक्ने जोखिमहरु कम गर्नका लागि स्वास्थ्यकर्मीहरुलाई तालिमको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डन डा.नविन दर्नालले बताउनुभयो ।तालिममा भिम अस्पताल भैरहवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गरी १५ जनाको सहभागिता रहेको छ । तालिम पश्यात कोभिड–१९ संक्रमित विरामीहरुको व्यवस्थापन,आइसीयु,व्यवस्थापन,स्वास्थ्य सामाग्रीहरुको प्रयोग, विरामीको उपचारका क्रममा आवश्यक सूचना प्रणाली, उपचार प्रक्रिया जस्ता विषयमा तालिम दिइने छ ।

प्रकाशित मिति : शनिबार, चैत्र २९ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij