काठमाण्डौ – नयाँ वर्षको दिन भोलि (सोमबार) पहाडी क्षेत्रको थोरै ठाउँमा मेघगर्जन र हुरीबतास सहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
उहाँका अनुसार मध्य तथा पूर्वी पहाडी क्षेत्रको तुलनामा पश्चिमी पहाडी क्षेत्रमा अलि धेरै पानी पर्नेछ । आजलाई भने पहाडी क्षेत्रको एक/दुई ठाउँमा दिउँसोपछि एकैछिन पानी पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । तर एक ठाउँमा पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्नेछ । यो प्रिमनसुन अर्थात मनसुनअघिको मौसमको विशेषता हो ।
आज तराईको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् नगरकोटीको भनाइ छ ।
प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्