नेपालमा थप तीन जनामा कोरोना पुष्टि

नेपालमा थप तीन जनामा कोरोना पुष्टि

काठमाण्डौ – नेपालमा रहेका तीन जना भारतीय नागरिकमा कोभिड-१९ पुष्टि भएको छ । पर्साको वीरगञ्ज महानगरपालिका २ छपकैयामा रहेको मस्जिदमा लुकेर बसेका २१ जनामध्ये तीन पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार अरु १९ जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । नारायणी अस्पताल, वीरगञ्जकाे आईसोलेशनमा राखिएका उनीहरुको थ्रोट स्वाब कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडाको ल्याबमा परीक्षण गर्दा कोरोना भएको पाइएपछि पुष्टिका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो ।

अहिले सङ्क्रमित तीन पुरुषको सम्पर्कमा रहेका अरु व्यक्तिको पनि खोजी भइरहेको मन्त्रालयले जनाएको छ ।

लगातार ६ दिनसम्म सङ्क्रमण नदेखिएकोमा सातौँ दिनमा परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको पाइएको छ । योसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १२ पुगेको छ ।

त्यस्तै गएको माघ ९ गते कोरोना पुष्टि भएका एक जना पुरुष उपचारपछि निको भएका छन् भने अरु ८ जनाको उपचार चलिरहेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा चार जना र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बाग्लुङमा दुई दुई जनाको उपचार चलिरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म पोखरामा दुई सय ५४, धरानमा एक सय ६८, धुलिखेलमा एक सय ४६, सुर्खेतमा एक सय १४, हेटौँडामा एक सय ११, चितवनमा ९९, भैरहवामा ५८, जनकपुरमा ३७ र काठमाण्डौको वीर अस्पतालमा चार जना गरी चार हजार दुई सय २६ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत्र ३० २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij