बेलायती प्रधानमन्त्री जाेनसनलाई काेराेना निकाे भयो

बेलायती प्रधानमन्त्री जाेनसनलाई काेराेना निकाे भयो

काठमाण्डौ
बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई कोरोना भाइरस कोभिड १९ निको भएको छ । उहाँको पछिल्लो परीक्षण नेगेटिभ आएको सरकारी प्रवक्ताले जानकारी दिएको बीबीसीले बताएको छ ।प्रधानमन्त्री जोनसन अहिले आफ्नै घरमा आराम गरिरहनुभएको छ । सरकारी कार्यालय डाउनिङ स्ट्रीटको तुलनामा सुरक्षित भएको भन्दै उहाँलाई चेकर्स लगिएको खबरमा बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण देखिएपछि १० दिनसम्म सेल्फ आइसोलेशनमा बसे पनि स्वास्थ्यमा सुधार नआएपछि अघिल्लो सोमबार चैत २४ गते अस्पताल भर्ना भएका प्रधानमन्त्री जोनसन डिस्जार्च भएपछि चेकर्स लगिएको हो ।
बेलायतमा ८८ हजार ६ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११ हजारभन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : मंगलबार, बैशाख २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij