एजेन्सी- विश्वभरका देशहरूले कोरोना भाइरसको प्रसारलाई ढिलो गर्नका लागि विभिन्न उपायहरू लागू गरिरहेका छन् ।
संसारको कुल जनसंख्याको एक तिहाइभन्दा बढी मानिसहरू एक प्रकारको प्रतिबन्धमा छन् ।
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई आधिकारिक रूपमा महामारीको गरिसकेको छ र सबै देशलाई बिरामीको संख्या सीमित गर्न र भाइरसको फैलावटलाई ढिला बनाउन प्रभावकारी भएका प्रयासहरू जारी राख्न आह्वान गर्दै आएको छ ।
विश्वब्यापी फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिमलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि संसारका धेरैजसो सबै देशहरूमा लकडाउन छन् ।
“लकडाउन’’ सार्वजनिक स्वास्थ्य अधिकारीहरूले प्रयोग गर्ने कुनै प्राविधिक शब्द नभएको कारणले यसलाई अनिवार्य घरमा रहने, भौगोलिक क्वारेन्टिनदेखि, विशेष प्रकारका व्यवसायहरू बन्द गर्ने, वा घटना तथा भेलामा प्रतिबन्ध लगाइएको बताइन्छ ।
नेपालमा ११ चैत्रदेखि जारी गरिएको लकडाउन ३ हप्ता पूरा हुन आटेको छ ।
नेपालमा थप १ हप्ताको लागि लकडाउन बढाउने तयारी भइरहेको छ ।
यस्तै संसारका कुन देशमा कति दिनसम्म लकडाउन रहेको छ भनि बिजनेस इन्साइडरले सार्वजनिक गरेको छ ।
स्पेन १४ मार्चदेखि राष्ट्रव्यापी क्वारेन्टाइन लगाउने दोस्रो यूरोपियन देश बनेको छ । केही अनावश्यक क्षेत्रहरू फेरि खोलिएका छन्, तर सबैजना कम्तिमा २६ अप्रिलसम्म तालाबन्दीमा रहनेछन् ।
ब्रिटेन २० मार्चदेखि पूर्ण कोरोना भाइरस लकडाउनमा गएको छ ।
हंगेरीमा २८ मार्चदेखि २ हप्ताको लागि देश लकडाउन गरिएको थियो । तर, बिहीबारको दिन त्यहाँका प्रधानमन्त्रीले अनिश्चितकालका लागि लकडाउनको समय बढाएका छन् ।
सिंगापुरले ७ अप्रिलमा स्कूल र सबै अनावश्यक व्यवसायहरू बन्द गर्यो ।
दुबई ४ अप्रिलदेखि दुई हप्ताको लागि लकडाउनमा गएको छ, जबकी संयुक्त अरब २६ मार्चदेखि एक रात कर्फ्यूअन्तर्गत लकडाउनमा छ ।
थाइल्याण्डले ३ अप्रिलदेखि बिहान १० बजेदेखि ४ बजेसम्म कर्फ्यू सुरु गरेको थियो । देशमा ३० अप्रिलसम्म लकडाउन सक्रिय रहने छ, तर यसलाई अवस्था हेरेर विस्तार गर्न सकिन्छ । साथै, कर्फ्यू कहिले समाप्त हुन्छ भनेर कुनै मिति छैन ।
३० मार्चदेखि मस्कोका बासिन्दाहरूलाई उनीहरूको घरमा बस्न आदेश दिइएको थियो ।
रसियाका २७ राष्ट्रियले मस्कोको निर्णयलाई अनुसरण गरेका छन् ।
दक्षिण अफ्रिका २६ मार्चमा २१ दिनको लकडाउनमा गएको थियो । ९ अप्रिलदेखि लकडाउनलाई अप्रिलको अन्त्यसम्म विस्तार गरिएको छ ।
न्यूजील्याण्डले देशभित्र प्रवेश गर्ने सबै व्यक्तिको लागि अनिवार्य १४ दिनको क्वारन्टाइन लागू गर्दै देशलाई २५ मार्चदेखि पूर्ण लकडाउन गरिएको छ ।
साउदी अरेबियाले २५ मार्चमा आफ्नो राजधानी र दुई शहरहरूमा लकडाउन लगायो । ६ अप्रिलदेखि यहाँका सबै मुख्य शहरहरूलाई लक गरिएको छ ।
कोलम्बियाले २४ मार्चदेखि राष्ट्रव्यापी क्वारेन्टाइन सुरु गरेको छ भने ७० वर्षभन्दा माथि उमेरका मानिसहरूलाई मेसम्मका लागि घरभित्रै बस्न भनिएको छ । १९ दिनको लागि भनिएको लकडाउनलाई ६ अप्रिलका दिन २७ अप्रिलसम्मको लागि बढाइएको छ ।
भारतमा २४ मार्चदेखि २१ दिनको लागि लकडाउन गरिएको थियो । आज फेरि भारतले २१ दिन थपेको छ । अब ३ मेसम्म भारतमा लकडाउन जारी रहनेछ ।
अष्ट्रेलियाले २३ मार्चदेखि अनिवार्यबाहेकका व्यवसायहरू बन्द गरेको छ भने ३१ मार्चदेखि राज्यलाई कडा लकडाउनमा राखिएको छ ।
चीनले कोरोना भाइरसलाई नियन्त्रण गर्ने कोशिस गर्न मानव इतिहासको सबैभन्दा ठूलो क्वारेन्टाइनलाई कार्यान्वयन गर्दै जनवरीको अन्त्यमा कम्तिमा १६ शहरहरू बन्द गरेको थियो । कोरोना भाइरस सुरु भएको मानिने वुहान सहरमा लकडाउनलाई ७६ दिनपछि ८ अप्रिल, बुधबारका दिन समाप्त गरिएको छ ।
जोर्डनमा २१ मार्चदेखि अप्रिलको अन्त्य सम्मका लागि कडा अनिश्चितकालीन लकडाउन गरिएको छ जबकी सरकारले २५ मार्चमा केही प्रतिबन्धहरू कम गरेको छ ।
अर्जेन्टिनामा २१ मार्चदेखि रोकथामकारी र अनिवार्य लकडाउन गरिएको छ ।
१९ मार्चदेखि इजरायलमा आंशिक लकडाउनमा गर्दै विदेशीहरूलाई पहिले नै देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । २५ मार्चदेखि प्रतिबन्धहरूमा थप कडा गरिएको छ ।
बेल्जियम १७ मार्चदेखि लकडाउनमा गएको छ । सरकारले नागरिकहरूलाई घरमा बस्न र उनीहरूको नजिकको परिवारमा सम्पर्क सीमित राख्न भनेको छ । २२ मार्चमा लकडाउनलाई १९ अप्रिलसम्म बढाइएको छ ।
१६ मार्चमा यूरोपियन युनियनले कम्तिमा ३० दिनको लागि यस क्षेत्रमा अनिवार्यबाहेकको यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।
जर्मनीले १६ राज्यका पसल, गिर्जाघर, खेलकुद सुविधा, बार र क्लबहरू बन्द गर्ने घोषणा गरेको थियो । ९ अप्रिलका दिन लकडाउनलाई १९ अप्रिलसम्मका लागि बढाइएको छ ।
मलेसियामा १६ मार्चदेखि घोषणा गरिएको लकडाउन अब कम्तिमा २८ अप्रिलसम्म रहनेछ ।
फ्रान्सले अनावश्यक व्यवसायहरू बन्द गर्दै १६ मार्चदेखि १५ अप्रिलसम्मका लागि एक पूर्ण लकडाउन लागू गरिएको छ । लकडाउन थप लम्बिने भएको छ ।
१५ मार्चदेखि मोरोक्को र केन्यामा लकडाउन जारी गरिएको छ ।
पोल्याण्डले १३ मार्चदेखि १० मेसम्मका लागि व्यापारलाई बन्द गर्ने देखि लिएर अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।
कुवेत १३ मार्चदेखि दुई हप्ताका लागि राष्ट्रव्यापी लकडाउनमा गएको थियो । ६ अप्रिलमा लकडाउनलाई २६ अप्रिलसम्मका लागि विस्तार गरिएको छ ।
आयरल्यान्डमा २७ मार्चदेखि २ हप्ताका लागि भनिएको लकडाउन अब भने ५ मेसम्मको लागि बढाइएको छ ।
इटालीमा १० मार्चदेखि ३ मेसम्मका लागि राष्ट्रव्यापी लकडाउन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्