काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) परीक्षणको दायरा बढाइँदै लगिएको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट सात हजार दुई सय ४० जनाको र आरडीटीबाट १२ हजार एक सय ९२ गरी कुल १९ हजार ४ सय ३२ वटा नमुना परीक्षण भएका छन्।
मन्त्रालयले कोरोनाको र्यापिड टेष्ट (आरडीटी) परीक्षण ७७ जिल्लामध्ये आठ जिल्लामा मात्र बाँकी भएको पनि जनाएको छ। बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता देवकोटाले आठ जिल्लामा मात्र आरडीटी परीक्षण हुन बाँकी रहेको जानकारी दिनुभएको हो।
आरडीटी परीक्षण ताप्लेजुङ, इलाम, ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, मनाङ, रुकुमपूर्व र डोल्पा बाँकी रहेको देवकोटाले बताउनुभयो। अहिलेसम्म क्वारेन्टाइनमा एक सय ३ जना रहेका छन्। प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ सय ६९ जना र आरडीटी विधिबाट तीन हजार ३ सय ४३ जनाको नमुना परीक्षण भएको छ। २४ घण्टामा कसैमा कोरोना पोजिटिभ देखिएको छैन।
नेपालमा संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये एकजना निको भएर डिस्चार्ज भएका छन् । अन्य १५ जनाको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। पाँचजनाको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइराखेको छ भने चारजनाको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार भइराखेको छ।
अन्य ६ जनाको भने शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु, पाटन अस्पताल, लगनखेल र धौलागिरी अस्पताल, बागलुङमा दुईदुई जनाको उपचार हुँदैछ।
प्रकाशित मिति : बिहिबार, बैशाख ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्