रोट्याकट बुटवल डाउनटाउनद्वारा खुट्टामा जुत्ता अभियान

रोट्याकट बुटवल डाउनटाउनद्वारा खुट्टामा जुत्ता अभियान

बुटवल

सामाजिक कार्यहरुमा अग्रसर रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनले खुट्टा मा जुत्ता अभियान लाई अगाडी बढायेको छ ।जस अन्तरगत बिभिन्न सहयोगी ब्यक्तिहरु, रोटरि क्लब अफ बुटवल डाउन टाउन सङ जुत्ता चप्पल सहयोग मागेर पुर्ण रूपमा सेनिटाईज गरेर बुटवलका मुख्य चोक हरुमा जुत्ता चप्पल, चाउचाउ, खाने पानी राखियेको र जसलाइ अति आवश्यक छ ति ब्यक्तिहरुले निसुल्क रूपमा जुत्ता लगाउन पाउन भनी यो कार्यक्रम गरिएको क्लबका अध्यक्ष मधु भट्टराईले बताए । सन्सार नै कोविड १९ को महामारीमा परेको र नेपाल सरकारले गरेको लामो लक डाउनले धेरै मानिस हरु आफ्नो कर्म स्थान बाट लामो दुरिको पैदल यात्रा गर्दै आफ्नो गाउँ फर्किरहेका छन । बजार पुर्ण रूपमा बन्द छ , क्लबका निबर्तमान अध्यक्ष अजित घतानेले थपे,यो लामो पैदल यात्रामा उनीहरुलाई धेरै समस्याहरु बेहोर्नु परेको छ, खाने कुरा देखि लियर पिउने पानी, लगाउने कपड़ा, सुत्ने वास, खुट्टा मा जुत्ता चप्पल च्यातियेर खाली खुट्टा सहित पैदल यात्रा गर्नु परिरहेको अवस्था छ हो उनीहरु यसरि हिड्नु हुदैन , एक ठाउ बाट अर्को ठाउ जानु हुदैन, लक डाउन को पुर्ण पालना गर्नुपर्छ तर हिडिरहनु भयेका सबै नेपालीको समस्या लाई आम नागरिक र सबैले बुझ्नुपर्छ । तेसैले क्लब ले जुत्ता र चाउचाउ र खाने पानी को व्यवस्था गरि बुटवलका मुख्य चोक हरुमा राखियेको क्लबका पुर्ब अध्यक्ष जीवन अधिकारीले बताय र यो कार्यक्रम अहिले १००० जोर जुत्ता चप्पल बितरन को लागि राखियेको र यो निश्चिति अवधी लाई मात्र नभई अरुबेला पनि गर्न सकिने क्लबका कम्युनिटी डाईरेक्टर अविस्कार खनालले बताय ।साथै क्लबले कपिलवस्तु को विजयनगर गुगौलीमा आगलागी भइ पुर्णरूपमा घरबार बिहिन भएकाहरुलाई अत्यावश्यक खाद्यान्न , शिरक डसाना सहितका सामग्री हरु बितरन पनि केहि दिन अगि समम्पन्न गरेको थियोे साथै रोटरि क्लब अफ बुटवल डाउन टाउन संग सहकार्यमा बुटवलका २०० घर धुरी लाई राहत पनि हालसालै बितरन गरिएको रोटरियन भानु के सि ले जानकारि दिनुभयो ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij